Tuesday, June 15, 2021
घरअर्थ र विकासमिर्मिरे माइक्रोफाइनान्सको नाफा बढ्यो

मिर्मिरे माइक्रोफाइनान्सको नाफा बढ्यो

काठमाण्डौ ।  मिर्मिरे माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले गत आवको चौंथो त्रैमासमा नाफा रू. ३ करोड लाख आर्जन गर्न सफल भएको छ । यो अघिल्लो आवको तुलनामा ६१ दशमलव २४ प्रतिशतले बढेको हो । नाफा बढेसँगै कम्पनीको जगेडा कोष अघिल्लो आवको तुलनामा ५ गुणाले बढेर रू. ६ करोड ५९ लाख पुगेको छ । अघिल्लो आवमा जगेडा कोषको रकम रू. १ करोड २५ लाख रहेको थियो ।

कम्पनीको खुद ब्याज आम्दानी ११ प्रतिशत बढेर रू. ७ करोड ९२ लाख पुगेको छ भने सञ्चालन मुनाफा ४७ प्रतिशतले बढेर रू. ३ करोड ६७ लाख पुगेको छ । कम्पनीले रू. १ करोड १० लाख खराब कर्जा सङ्कलन गरेपछि नाफा बढ्न पुगेको हो । कम्पनीको चुक्तापूँजी ६२ प्रतिशतले बढेर रू. ८ करोड ९४ लाख पुगेको छ । कम्पनीले रू. ४१ करोड निक्षेप सङ्कलन गरेको छ । साथै, रू. १ अर्ब ४२ करोड कर्जा प्रवाह गरेको छ । कम्पनीको लगानी रू. १० लाख रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. ५१ दशमलव ७० रहेको छ भने प्रतिशेयर नेटवर्थ रू. १ सय ७३ दशमलव ७५ रहेको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments