काठमाण्डौ । त्रिभुवन विमानस्थलको धावनमार्ग अस्थायी रुपमा मर्मत गरेपछि उडान र अवतरण नियमित भएको छ । चिरा परेको ठाउँमा अस्थायी रुपमा मर्मत गरिएको विमानस्थल कार्यालयले जनाएको छ । देशकै एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको पिच उप्किएपछि सबै उडान र अवतरण अवरुद्ध भएका थीए ।
सामान्य मर्मत पछि आकाशमा होल्ड भएका विमानलाई अवतरण गराएर पुनः मर्मतकालागी आधा घण्टाकालागी अवतरण र उडान रोकीएको थीयो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धानवमार्गमा समस्या आएको पहिलो पटक भने होइन । एउटा मात्र धावनमार्ग हुँदा कुनै समस्या आए उडान र अवतरण नै अवरुद्ध हुने गरेको छ ।