काठमाण्डौ । एक दिवसीय मान्यता पाएको नेपालले आज आफ्नो दोस्रो अन्तर्राष्ट्रिय एकदिवसीय खेल खेल्दैछ । पहिलो खेलमा नेदरल्याण्डससँग ५५ रनले पराजित भएको नेपाल दोस्रो अभ्यास खेलमा जितका लागि मैदानमा उत्रनेछ । खेल नेपाली समयअनुसार दिउँसो पौने ३ बजे नेदरल्याण्ड्सको उम्सड्याममा हुने छ । नेपाललाई आजको खेल जित्नैपर्ने दबावमा छ । पहिलो खेलमा उत्रिएका खेलाडीको स्थानमा केही परिवर्तन समेत हुनेछ । नेदरल्याण्डका कप्तानले पनि नेपाली टिम राम्रो भएपनि पहिलो खेलमा भाग्यले जितेको धारणा व्यक्त गरेका थिए ।
नेपालले आज दोस्रो अन्तर्राष्ट्रिय एकदिवसीय खेल खेल्दै
RELATED ARTICLES