Tuesday, November 30, 2021
घरखेलकुदअभ्यास खेलका लागि नेपाली फुटबल टोली थाइल्याण्ड प्रस्थान

अभ्यास खेलका लागि नेपाली फुटबल टोली थाइल्याण्ड प्रस्थान

काठमाण्डौ । इन्डोनेसियामा हुने १८ औँ एसियन गेम्स र बंगलादेशमा हुने साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली फुटबल टोली अभ्यास खेलका लागि आज थाइल्याण्ड प्रस्थान गरेको छ । टोलीलाई खेलकुद मन्त्री जगत विश्कर्माले विलाई गरेका छन् । साफ च्याम्पियनसिप खेल्ने राष्ट्रिय टोली र एसियन गेम्स खेल्ने यू–२३ टोलीका खेलाडी समावेश संयुक्त टोली वैदेशिक प्रशिक्षणका लागि थाइल्याण्ड जान लागेको एन्फाले जनाएको छ ।

थाइल्याण्डमा नेपालको दुई छुट्टै टोलीले मैत्रीपूर्ण खेल खेल्नेछन् । नेपालको राष्ट्रिय टोली आउँदो मंगलबार त्यहाँको पुलिस तेरोसँग खेल्नेछ भने नेपालको यू–२३ टोलीले अर्को शुक्रबार थाइल्याण्डको यू–२३ टिमसँग अभ्यास खेल खेल्नेछ । थाइल्याण्ड भ्रमणका लागि मुख्य प्रशिक्षक योतुकु कोजीले २९ खेलाडीको नाम तयार गरिसकेका छन् । यस्तै एसियन गेम्सकालागि पनि कोजीले २० सदस्यी खेलाडी छनोट गरिसकेका छन् ।

एसियन गेम्सको समूह डी मा रहेको नेपालले पहिलो चरणमा जापान, भियतनाम र पाकिस्तानसँग खेल्नेछ । बंगलादेशमा आगामी सेप्टेम्बरमा आयोजना हुने साफ सुजुकी कपको खेल तालिका पनि सार्वजनिक भइसकेको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments