Tuesday, November 30, 2021
घरBanner News'बलात्कारका घटनाले सरकार स्तब्ध, सांसदमाथिको आक्रमण आपराधिक'

‘बलात्कारका घटनाले सरकार स्तब्ध, सांसदमाथिको आक्रमण आपराधिक’

काठमाडौं : गृहमन्त्री रामबहादुर थापाले देशका विभिन्न ठाउँमा भएका बलात्कारका घटनाले सरकार स्तब्ध भएको बताएका छन् ।

विहीबार संघीय संसदको प्रतिनिधि सभामा गृहमन्त्री थापाले कञ्चनपुरमा भएको बलात्कार घटनाले सरकार स्तब्ध भएको भन्दै दोषीलार्इ सरकारले हदैसम्मको कारवाही गर्ने बताए । उनले भने पीडित परिवारको जाहेरीका अधारमा दुई जनालाई नियन्त्रणमा लिई कर्तव्य ज्यान मुद्दा दायर गरिएको उनले जानकारी दिए।

घटनाबारे थप अनुसन्धान गर्नका लागि केन्द्रीय अनुसन्धान ब्यूरोबाट प्रहरी नायब उपरीक्षकको टोलीमा साउन १३ गतेबाट अनुसन्धान थालेको उनको भनाइ थियो। यस्ता घटनाहरु नदिन पूर्व सावधानी अपनाउन स्थानीय प्रशासनलाई निर्देशन दिएको संसदलाई बताए।

यस्ता घटनाहरु निर्वाध रुपमा मदिरा सेवन र लागूऔषधको तस्करीका कारण हुनसक्ने बताए। मन्त्री थापाले मदिरा सेवनका कारण घरेलू तथा यौन हिंसा बढिरहेको संसदमा जानकारी गराए। यस्ता गतिविधि नियन्त्रणका लागि सरकारले कठोर कदम चाल्दै मदिरा नियन्त्रण अभियान चलाउनुपर्ने देखिएको बताए।

यस्तै उनले सांसद निरुपालमाथि गत मंगलबार भएको घटना राजनीतिक अपराधसँग जोडिएको बताएका छन् । गृहमन्त्री थापाले उक्त घटनाले सरकारको गम्भीर ध्यानाकर्षण भएको बताए । उनले घटनाको छानबिन भइरहेको पनि संसदमा जानकारी गराए।

देश विकास र सम्वृद्धिको दिशामा बढिरहेको बेला राजनीतिक अस्थिरता र देशको प्रगति नचाहनेहरुले यस्ता गतिविधि बढाउन थालेको गृहमन्त्री थापाले संसदमा बताए।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments