Sunday, September 26, 2021
घरBanner Newsपहिलो खेल किन हार्यो नेपाल?

पहिलो खेल किन हार्यो नेपाल?

काठमाण्डौ, अलगधार । एकदिवसीय खेलको मान्यता पाएपछि पहिलो खेल खेल्न नेदरल्याण्डस पुगेको नेपाली टोली पहिलो खेलमा नै पराजित भयो । नेपालले कमजोर लक्ष्य पनि पहिल्याउन नसक्दा हार ब्यहोर्नु प¥यो । ज्ञानेन्द्र मल्ले अर्धशतकिय पारी खेल्दा समेत नेपालले जीत पहिल्याउन सकेन । ५० ओभरमा १ सय ९० रनको पारी पनि पहिल्याउन नसक्नुमा नेपालको ब्यवस्थापन, खेलाडी चयन र टिम सुझबुझको अभाव रहेको देखिन्छ । नेपालले ब्याटिङ भन्दा बलिङमा बढी ध्यान दिएको देखिन्छ । अर्को सवैभन्दा महत्वपुर्ण विषय भनेको रिटायर्डमेन्टको घोषणा गरिसकेका शक्ति गौचनलाई सदभाव देखाउन खोजिए जस्तो पनि देखियो । यसका लागी प्रशिक्षक र टिम कप्तानको धारणा बाहिर आएपछि मात्रै थप केही भन्न सकिएला । क्रिकेट खेलका एक जना विज्ञका अनुसार पनि नेपालले पहिलो खेलमा गरेको तयारी अपर्याप्त रहयो । प्रशिक्षण भन्दा पनि टिम म्यानेजमेन्टमा जोड नदिएको जस्तो देखियो । औसत रन ४ भन्दा कम हुदा पनि नेपाल जम्मा ४१ दशमलव ५ ओभरमा जम्मा १ सय ३५ रनमा नेपाल आउट भएको थियो । शुरुवातमा आएका ब्याटसम्यानले राम्रो पारी सम्हालेपनि अरु ब्याटसम्यानको प्रर्दशन उल्लेख्य रहन सकेन ।
एकदिवसीय खेलमा नेपालका लागि पहिलो अर्धशतक प्रहार गरेका ज्ञानेन्द्र ५१ रनमा आउट भए। उनले ६१ बलमा ८ चौका प्रहार गरे। यहि ओभरमा आरिफ शेख शून्य रनमा आउट भए । त्यसपछि लगातार विकेट गुमाएको नेपालका सोमपाल कामी, बसन्त रेग्मी र करण केसी पनि शुन्य रनमा आउट भए। सन्दीप लामिछाने १ रनमा आउट हुँदा शरद भेषवाकर ४ रनमा आउट भए। शक्ति गौचन ९ रनमा अविजित रहे। शरद हातमा चोट लाग्दा एघारौं नम्बरमा ब्याटिङमा आएका थिए । बलिङमा नेदरल्यान्ड्सका क्लासन, मिचेल रिप्पोन र पिटर सिलारले ३–३ विकेट लिए । एक त एकदिवसीय खेलको कम अनुभव र टिम ब्यवस्थापन लगायतका कारणले नेपालले पहिलो खेलमा हार ब्यहोरेको विज्ञहरुको ठम्याई छ । नेपाल क्रिकेट संघको प्रतिबन्धका कारण अहिले नेपाल प्रशिक्षक र टिम क्याप्टेनको भरमा खेलहरुमा सहभागी हुने गरेको छ । त्यसैले नेपालको प्रतिबन्धको असर खेलमा देखिएको पनि अनुमान लगाउन सकिन्छ । नेपाल क्रिकेट संघको प्रतिबन्ध जति सक्दो चाँडो फुकुवा हुनु पर्ने देखिन्छ । अन्यथा नेपालको क्रिकेट खेलमा थप असर पर्न सक्ने देखिन्छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments