Sunday, October 17, 2021
घरBanner Newsपहिलो एकदिवसीय खेलमै नेपाल पराजित, नेदरल्यान्ड्स ५५ रनले विजयी

पहिलो एकदिवसीय खेलमै नेपाल पराजित, नेदरल्यान्ड्स ५५ रनले विजयी

काठमाडौं– डेब्यू एकदिवसीय खेलमा नेपाल पराजित भएको छ। नेपाललाई बुधबार भएको एकदिवसीय खेलमा नेदरल्यान्ड्सले ५५ रनले पराजित गरेको हो।

नेदरल्यान्ड्सले दिएको १ सय ९० रनको लक्ष्य पछ्याएको नेपाल ४१.५ ओभरमा १ सय ३४ रनमा अलआउट भयो।

नेपालका लागि ओपनिङ ब्याट्सम्यान ज्ञानेन्द्र मल्लले ५१ र मध्यक्रमका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले ३३ रन बटुले। अन्य ब्याट्सम्यान सस्तैमा आउट भए।

अनिल साह र ज्ञानेन्द्रको ओपनिङ जोडीले पहिलो विकेटका लागि ५८ रनको साझेदारी गरेका थिए। अनिल १३ ओभरको दोस्रो बलमा २१ रनमा आउट भए। त्यसपछि मैदान आएका कप्तान पारस खड्काले १२ रन भन्दा बढी जोड्न सकेनन्।

लगत्तै एकदिवसीय खेलमा नेपालका लागि पहिलो अर्धशतक प्रहार गरेका ज्ञानेन्द्र ५१ रनमा आउट भए। उनले ६१ बलमा ८ चौका प्रहार गरे। यहि ओभरमा आरिफ शेख शून्य रनमा आउट भए।

त्यसपछि लगातार विकेट गुमाएको नेपालका सोमपाल कामी, बसन्त रेग्मी र करण केसी पनि शुन्य रनमा आउट भए। सन्दीप लामिछाने १ रनमा आउट हुँदा शरद भेषवाकर ४ रनमा आउट भए। शक्ति गौचन ९ रनमा अविजित रहे। शरद हातमा चोट लाग्दा एघारौं नम्बरमा ब्याटिङमा आएका थिए।

बलिङमा नेदरल्यान्ड्सका क्लासन, मिचेल रिप्पोन र पिटर सिलारले ३–३ विकेट लिए।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments