Wednesday, September 22, 2021
घरBanner Newsकक्षा १२ को नतिजा सार्वजनिक

कक्षा १२ को नतिजा सार्वजनिक

काठमण्डौ । कक्षा १२ को नतिजा आज सार्वजनिक भएको छ ।ष्ट्रिय परीक्षा बोर्ड भक्तपुरले पहिलोपटक ग्रेडिङ प्रणाली अनुसार १२ कक्षाको नतिजा प्रकाशित गरेको हो । गत बैशाखमा सञ्चालित परीक्षामा नियमिततर्फ २ लाख ९९ हजार ६ सय ७५ विद्यार्थी सहभागी थिए । आशिंकतर्फ ३५ दशमलव २ प्रतिशत उत्तीर्ण भएका छन् । परीक्षामा सहभागी १ लाख १७ हजार ४ सय १४ मध्ये ४१ हजार ३ सय ७५ उत्तीर्ण भएको परीक्षा बोर्डले जनाएको छ ।परीक्षा सकिएको ८१ औं दिनमा नतिजा सार्वजनिक भएको हो।

यो वर्ष पहिलोपटक कक्षा १२ का सबै समूहको नतिजा एकैपटक प्रकाशित गर्न गरिएको छ।बोर्डले सार्वजनिक गरेको नतिजाअनुसार नियमिततर्फ ३ दशमलव ६१ देखि ४ जीपीएसम्म ल्याउने ११ हजार १ सय ६९ जना, ३ दशमलव २१ देखि ३ दशमलव ६० सम्म जीपीए ल्याउने ११ हजार २ सय २१ जना छन् । यस्तै, २ दशमलव ०१ देखि २ दशमलव ८० जीपीए ल्याउने ५८ हजार ३ सय ४५ जना, २ दशमलव ०१ देखि २ दशमलव ४० जीपीए ल्याउने ९० हजार २ सय ९९ जना, १ दशमलव ६१ देखि २ जीपीएसम्म ल्याउने ६६ हजार ४ सय ३८ जना रहेको बोर्डले जनाएको छ ।

यस्तै १ दशमलव २१ देखि १ दशमलव ६० जीपीए ल्याउने २२ हजार ७ सय ३४ जना र शुन्य दशमलव ८१ देखि १ दशमलव २० जीपीए ल्याउने ४ हजार ४ सय ८८, जना र शून्यदेखि शून्य दशमलव ८० जीपीए ल्याउने १ सय ९९ जना छन् । यसैगरि, आंशिकतर्फ ४१ हजार ३ सय २५ जना उत्तिर्ण भएको बोर्डले जनाएको छ । नतिजा राष्ट्रिय परीक्षा बोर्डको धधध।लभद।नयख।लउ र नेपाल टेलिकमको धधध।लभद।लतअ।लभत।लउ वेभसाइटबाट हेर्न सकिने छ । यस्तै नेपाल टेलिकमको मोबाइलमा १६०१ मा एसएमएस पठाएर पनि नतिजा प्राप्त गर्न सकिन्छ । नेपाल टेलिकमको आईभीआर सेवाअन्तर्गत १६०१ नम्बर डायल गरेर प्राप्त निर्देशनअनुसार पनि नतिजा थाहा पाउन सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments