Tuesday, June 15, 2021
घरBanner Newsथप प्रशिक्षणका लागी भारत्तोलन टोली बैंककमा

थप प्रशिक्षणका लागी भारत्तोलन टोली बैंककमा

काठमाडौं, अलगधार ।
एशियाली खेलकुद अन्र्तगत भारत्तोलन खेलमा सहभागी हुने खेलाडीहरुको बाँकी प्रशिक्षण अव थाइल्याण्डको राजधानी बैंककमा हुने भएको छ । बैंकक जाने नेपाली भारत्तोलन खेलाडी तथा प्रशिक्षक त्यस तर्फ प्रस्थान गरेका छन् । एसियाड अन्तर्गतग भारोत्तोलनतर्फ पुरुषमा ८ र महिलामा ७ गरी १५ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । नेपालले भने पुरुष÷महिलमा समान २–२ गरी ४ स्पर्धामा सहभागिता जनाउने छ । पुरुषमा कमलबहादुर अधिकारीले ६९ केजी तथा विकास थापाले ७७ केजी तौलसमूहमा प्रतिस्पर्धा गर्ने छन् । कमल १० औं सागका स्वर्णधारी तथा विकास १२ औं सागका रजत विजेता हुन् । त्यस्तै महिलाको ५३ केजीमा सन्जु चौधरी तथा ७५ केजीमा १२ औं सागकी कांस्य विजेता तारादेवी पुनले भाग लिने छन् । चारै खेलाडी आ–आफ्नो स्पर्धाका राष्ट्रिय कीर्तिमानधारी हुन् । प्रशिक्षकमा दिनेश भुजेल रहेका छन् ।१९८२ मा भारतमा भएको एसियाली खेलकुदमा नेपालले पहिलोपटक भारोत्तोलनमा सहभागिता जनाएको थियो । त्यसएता एक पटक १९९४ मा जापानको हिरोसिमा भएको एसियाडमा मात्र नेपालले भारोत्तोलनमा सहभागिता जनाएको छैन । टोली थाइल्यान्डमा चोनबुरी स्पोर्ट्स स्कुलमा अगष्ट १७ तारिखसम्म प्रशिक्षणरत रहनेछ । अगष्ट १८ मा टोली इन्डोनेसिया जाने कार्यक्रम छ । एसियाडअन्तर्गत भारोत्तोलन अगष्ट २० देखि १७ तारिखसम्म चल्ने छ । ७३ दिनको विशेष बन्द प्रशिक्षणपछि भारोत्तोलन टोली शनिबार नेपालगन्जबाट काठमाडौं आइपुगेको हो ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments