Friday, July 30, 2021
घरBanner Newsसरकारले आफ्नो अस्तित्व जोगाउन सकेन : अध्यक्ष राणा

सरकारले आफ्नो अस्तित्व जोगाउन सकेन : अध्यक्ष राणा

काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशम्शेर राणाले नेपाली जनताको ढाड सेक्नेगरी ल्याएको महगि जनताले नसहने बताएका छन् । सरकारको काम कार्वाहीको विरोधमा आज काठमाण्डौमा आयोजना गरेको विरोध सभालाई सम्बोधनगर्दै अध्यक्ष राणले सरकारको रबैयाकाकारण जनता मर्नपनि नसक्ने अवस्थामा पुगेको बताए । उनले वर्तमान सरकार गठन भएको ५ महिनामै आफ्नो असली तानाशाही रुप देखाएको टिप्पणी गरे ।

उनले आफू राणा प्रधानमन्त्री मोहनशम्शेरको नाति भएको स्मरण गर्दै फेरि देशमा श्री ३ को सरकार आएको दावी गरे । ‘म मोहन सम्शेरको नाति बल्ल श्री ३ आयो’ उनले भने ।  सरकारले आफुले प्राप्त गरेको अस्तित्व समेत जोगाउन नसकेको बताए । यो आन्दोलन सकारलाई सचेत गराउन मात्र गरीएको बताउदै सरकाले बेवास्ता गरे जनता आफै सडकमा उत्रने बताए ।

यस्तै सोही कार्यक्रममा अलगधार डट कम संग कुराकानि गर्दै यो कुनै स्वार्थको आन्दोलन नभएकाले जनताको पक्षमा आवाज उठाउने जोकोही संग पनि सहकार्य गर्न तयार रहेको बताए । सरकार सर्वसत्तावादी भएको, कर वृद्धि गरेको, मूल्यवृद्धि नियन्त्रण गर्न नसकेको, निरंकुशता लादेको आदि आरोप लगाउँदै राप्रपा प्रजातान्त्रिक सडक आन्दोलनमा आएको हो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकले बुधबार काठमाडौंमा सरकारविरुद्ध गरेको प्रदर्शनको झलक हेर्नकालागी यहाँ क्लिक गर्नुहोस् :https://www.youtube.com/watch?v=NyrrhoGY_bQ&feature=youtu.be

RELATED ARTICLES
- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments