Sunday, October 17, 2021
घरविश्वसिएआरमा एम्बुस आक्रमणमा परी रुसी पत्रकारको मृत्यु

सिएआरमा एम्बुस आक्रमणमा परी रुसी पत्रकारको मृत्यु

एजेन्सी । सेन्ट्रल अफ्रिकन रिपब्लिक सिएआरमा एम्बुस आक्रमणमा परी ३ रुसी पत्रकारको मृत्यु भएको छ । रुसको एक टेलिभिजनले सेन्ट्रल अफ्रिकन रिपब्लिकमा लामो समयदेखि ज्यालादारी काम गर्दै आएको समुह वाग्नर बारे बृत्तचित्र बनाउन गएको टोली एम्बुसमा परेको जनाएको छ । रुसी विदेशमन्त्रालयले घटनाबारे थप बुझ्न स्थानीय अधिकारीहरुसँग लिने प्रयास भइरहेको जनाएको बीबीसीले उल्लेख गरेको छ । वाग्नरसँग ३ हजार बढी लडाकु समेत रहेको बताइएको छ । आक्रमणकारीको पहिचान भएको छैन । यद्यपी कारमा सक्रिय लडाकु समुहले आक्रमण गरेको हुनसक्ने आशंका थरिएको छ । कारमा सन् २०१३ यता जातीय तथा धार्मिक द्वन्द्व जारी छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments