Tuesday, October 26, 2021
घरBanner Newsप्रधानन्यायाधीशमा सिफारिस जोशी बारे आजपनि निर्णय हुन सकेन

प्रधानन्यायाधीशमा सिफारिस जोशी बारे आजपनि निर्णय हुन सकेन

काठमाण्डौ । प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशीको नाम अनुमोदन गर्ने नगर्नेबारे निर्णय गर्न बसेको संसदीय सुनुवाइ समितिको बैठक केही बेर बसेर स्थगित भएको छ । अर्को बैठक शुक्रबारकालागी बोलाईएको छ । विषयबस्तु जटिल भएकाले मुख्य दलहरुबीच सहमतिको प्रयास भइरहेको समितिका सदस्य योगेश भट्टराईले बताए । विवादमा नआउने गरी प्रस्तावित प्रधानन्यायाधीश जोशीको सुनुवाई टुंगो लगाउन शुक्रबारसम्म बैठक स्थगित गरिएको उनको भनाई छ । समितिले १० गते नै सुनुवाई गरेको थियो । त्यसयता दुई बैठक बस्दै नबसी स्थगित भयो भने बुधबारसहित दुई वटा बैठक बसेर पनि जोशीबारे कुनै निर्णय लिन सकेन ।

बुधबार दिउँसो ३ बजे बोलाइएको सुनुवाई समितिको बैठक निकै ढिला गरी सुरु भएको थियो । बैठकमा प्रमुख विपक्षी कांग्रेसले ‘संघीय कानुन बनेको छैन, अनुमोदन नगर्ने हो भने हामी मान्दैनौं’ भनेपछि सहमतिका लागि बैठक स्थगित भएको हो ।यसअघि सुनुवाई समितिले सुनुवाई समाप्त भएकै दिन त्यसबारे निर्णय गर्ने गरेको थियो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसदहरुले जोशीलाई प्रधानन्यायाधीशमा अनुमोदन गर्न नसिकने अडान राखेका छन् भने प्रतिपक्षी कांग्रेसका सांसदहरुले अनुमोदन गर्नुपर्ने बताउदै आएका छन् ।

सुनुवाइ सकिएपनि सुनुवाइका क्रममा प्रस्तावित प्रधानन्याधीश जोशीले दिएका जवाफ चित्तबुझ्दो नभएको समितिका सदस्यहरुको भनाई छ । जोशीविरुद्ध सार्वजनिक जग्गा, क्यासिनो र एनसेलको कर छुट लगायतका विषयमा गरिएका विगतका फैसला र दुईवटा विद्यालयबाट एसएलसी दिए पनि सिम्बोल नम्बर एउटै भएको जस्ता विषयमा उजुरीहरु छन् । अहिलेसम्म संवैधानिक परिषदले प्रधानन्याधीशमा सिफारिस गरेका व्यक्ति संसदीय सुनुवाई समितिबाट अस्वीकृत भएका छैनन् ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments