Monday, June 14, 2021
घरBanner Newsनेकपा नेता नारायणकाजीले दिए प्रवक्ताबाट राजिनामा

नेकपा नेता नारायणकाजीले दिए प्रवक्ताबाट राजिनामा

केसीको समर्थन गरेको भन्दै ओलीले मागे स्पष्टीकरण

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले पदबाट राजीनामा दिएका छन् । प्राडा गोविन्द केसीको अनसनको समर्थनमा सामाजिक सञ्जालमा अभिव्यक्ति दिएको भन्दै नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालयको बैठकमा स्पष्टिकरण मागेपछि श्रेष्ठले प्रवक्ता पदबाट राजीनामा दिएका हुन् । शनिवार बसेको बैठकमा श्रेष्ठले राजीनामा पत्र बुझाएको नेकपाका एक नेताले बताए ।

सचिवालय सदस्य श्रेष्ठले डा. गोविन्द केसीको अनसनको समर्थन गर्दै उनलार्इ अस्पतालमा पुगेर भेटेका थिए । साथै उनीसंगको भेटेको तस्विर समाजिक सञ्जालमा राख्दै केसीका माग जायज भएको उल्लेख गरेका थिए । शनिवार बालुवाटारमा बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीले पार्टी नीतिविपरीत कसको अनुमतिमा केसीलार्इ भेट्न गएको भन्दै असन्तुष्टी जनाएका थिए ।

ओलीले पार्टीलार्इ जानकारी नै नदिर्इ पार्टी र सरकारलार्इ अफ्ठ्यारोमा पार्न खोजेको भन्दै श्रेष्ठसंग मौखिक स्पष्टिकरण मागेक थिए । श्रेष्ठले केसीका मागमा नैतिक समर्थन जनाएको उल्लेख गर्दै आफूले किन भेट्न नपाउने ओलीलार्इ प्रतिप्रश्न गरेका थिए तर बैठकमा सहभागि अर्का अध्यक्ष पुष्पकमल दाहालले पनि ओलीकै पक्षमा बोलेपछि श्रेष्ठले अध्यक्षद्वयलार्इ सम्बोधन गर्दै राजीनामा पत्र बुझाएको ती नेताले बताए ।

राजीनामा पत्र बुझाएपछि नेता श्रेष्ठ बैठकबाट बाहिरिएका थिए ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments