काठमाण्डौ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता नारायणकाजी श्रेष्ठले ब्यवसायी दुर्गा प्रसाइँ र कानुन मन्त्री शेरबहादुर तामाङले बङ्गलादेशमा चिकित्साशाश्त्र अध्ययन गर्ने नेपाली महिला बिद्यार्थीहरुका बारेमा गरेको सार्बजनिक टिप्पणी आपत्तिजनक भएको बताएका छन् । आज दिउँसो सामाजिक सञ्जाल ट्वीटरमा आफ्नो धारणा सार्वजनिक गर्दै नेता श्रेष्ठले महिला विद्यार्थीहरूको अपमान हुने गरी दिएको उक्त अभिब्यक्ति प्रति दुबैले आत्मालोचना गर्नुपर्ने बताए ।
डा. केसीको मागको विपक्षमा देखिएका कानुन न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले एक कार्यक्रमलाई सम्बोधन गर्दै नेपालमा प्रयाप्त मेडिकल कलेज नहुँदा विदेशमा डाक्टरको सर्टिफिकेट लिदाँ नेपाली चेलीहरु दुर्व्यहार सहन बाध्य भएको बताएका थीए। त्यस्तै ‘ब्यवसायी प्रसाईंले पनि केही दिन पहिले नेपाली महिला विद्यार्थीहरूमाथि वङ्गलादेशमा यौन दुर्ब्यवहार हुने गरेको बताएका थीए । यस्तै नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले कानुनमन्त्री तामाङको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै छानबिनको माग गरेका छन् । ट्वीटरमार्फत उनले छानबिन गरी कार्बाहीको माग गरेका हुन् ।
उता राप्रपा नेपालका अध्यक्ष कमल थापाले पनि मन्त्रीको अभिव्यक्ति आपत्तिजनक र अमर्यादित भएको भन्दै मन्त्रीलाई बर्खास्त गर्न माग गरेका छन् ।
राप्रपाले छुट्टै विज्ञप्ति निकालेर पनि मन्त्रीको राजीनामाको माग गरेको छ ।