वुटवल । रुपन्देहीको तिनाउँ गाउँपालिका ३ हेडबक्स नजिकै मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । तानसेनबाट बुटवलकालागी छुटेको लु२१प ९६८० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा पाल्पाको तानसेन नगरपालिका ७ का माधन कुमाल र उनका छोरा उमेश कुमालको मृत्यु भएको प्रहरी चौकी दोभानका इन्सपेक्टर बनासरी गुप्ताले जानकारी दिए । दुर्घटनामा परेको मोटरसाइकल भने सडकमै थियो । दुर्घटनाका क्रममा माधव र उमेश उछिट्टिएर भीरमा पुगेको हुनसक्ने प्रहरीले बताएको छ । दुर्घटनामा परेका उनीहरू सडक तलको भीरमा अड्किएका थिए । भीरमा जान सक्ने अवस्था नभएकोले प्रहरीले डोरी लगाएर निकालेको हो ।