Tuesday, September 21, 2021
घरBanner Newsबीपीले कम्यूनिस्टहरुलाई पहिल्यै चिन्नु भएको रहेछ ; देउवा

बीपीले कम्यूनिस्टहरुलाई पहिल्यै चिन्नु भएको रहेछ ; देउवा

काठमाण्डौ । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अधिनायकवादी सरकारको नेतृत्व गरेको कम्युनिष्टसँग लड्न तयार रहन नेता तथा कार्यकर्तालाई निर्देशन दिएकना छन् । नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको ३६ औं स्मृति दिवसको अवसरमा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले अधिनायवादी कम्युनिष्ट शासन विरुद्ध लड्न तयार रहन निर्देशन दिए ।उनले डाक्टर केसीका माग पूरा नगरेसम्म आन्दोलन नरोकिने चेतावनी पनि दिए ।

डाक्टर गोविन्द केसीका माग जाहेज रहेको भन्दै उनले चिकित्सा शिक्षा विधेयक हुबहु पास गराउनै पर्ने बताए । डाक्टर केसीको माग जाहेज रहेको भन्दै उनको जीवन रक्षाका लागि निरन्त लडिरहने बताए । कम्युनिष्ट सरकारको अधिनायवादी शैलीको प्रतिकार गर्न सबैलाई एकजुट हुन पनि उनले निर्देशन दिए । देउवाले बीपी कोइरालाले ‘कम्यूनिसटहरुसँग मिल्नु हुँदैन’ भनेको कुरा अहिले बुझेको बताएका छन् । उनले भने, ‘बीपीले कम्यूनिस्टहरुलाई पहिल्यै चिन्नु भएको रहेछ ।

तर, हामीले अहिले मात्रै चिन्यौं । उनीहरु जनताका लागि हुँदै होइनन् ।’देउवालले काठमाडौंको विभिन्न क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएकोप्रति लक्षित गर्दै कम्यूनिस्ट सरकारले जनताको अधिकारलाई कुण्ठित गर्ने काम गरेको बताएका छन् ।‘एकलौटी निर्णय गरेर जनताको शान्तिपूर्ण बिरोध गर्ने अधिकारलाई रोक्न सरकारले निषेधित क्षेत्र घोषणा गरेको छ’, देउवाले भने, ‘यो अप्रजातान्त्रिक हो । उनीहरु जनताको लागि होइनन् भन्ने यसबाट पुष्टि हुन्छ ।’ ‘उनीहरुले एकदलीय तानाशाही, सर्वसत्तावादी शासन स्थापना गर्न खोजका छन्,’ सभापति देउवाले अघि भने, ‘उनीहरुले बोल्न दिँदैनन् । लेख्न दिँदैनन् । त्यसैले उनीहरु जनताका लागि होइनन् ।’

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments