Thursday, September 23, 2021
घरविश्वस्यानिटरी प्याडमा लगाईएको कर हट्यो

स्यानिटरी प्याडमा लगाईएको कर हट्यो

एजेन्सी । महिनावारीमा प्रयोग हुने स्यानिटरी प्याडमा लगाईएको १२ प्रतिशतको कर भारत सरकारले हटाएको छ । मुलुकमा खपत हुने सम्पूर्ण वस्तु तथा सेवामा लगाईएको जिएसटी हटाईएको छ । भारतमा प्रत्येक ५ मध्ये ४ महिला महिनावारी स्वास्थ्यका सामाग्रीबाट बञ्चित रहेको तत्थ्याङ्क सार्वजनिक भएसंगै भारत सरकारले सो निर्णय गरेको हो । सरकारले विलासिताको सामाग्री अन्तर्गत राखी वस्तु तथा सेवा कर लगाईएको भन्दै चर्को विरोधका कारण कर हटाईएको हो ।

१२ प्रतिशत करले महिलाको पहूँचलाई अझै अप्ठ्यारो पारेको अभियान कर्ताले बताएका थिए । महिनावारी शुरु भएपछिको उमेरका बालिकाले विद्यालय छाड्ने लगायतका समस्याले महिला स्वास्थ्य र वृद्धिविकासमा समेत असर पारेकाले कर हटाउँदा केही राहत हुने महिनावारी स्वास्थ्य अभियान्ता सुर्भि सिहँले बताइन । पुराना कपडा, बोरा लगाएतका वस्तुको प्रयोगले महिला स्वास्थ्यमा परेको गम्भीर असर प्रति भारतमा हस्ताक्षर अभियान चलाईएको थियो ।

भारतको नेसनल फेमिली हेल्थ सर्भे (२०१५÷१६)प्रतिवेदन अनुसार ग्रामीण क्षेत्रमा ४८.५ प्रतिशत महिलाहरू महिनावारी भएका बेला स्यानिटरी न्यापकिन (प्याड) प्रयोग गर्छन् । सहरका बस्ने ७७.५ प्रतिशत महिला स्यानिटरी न्यापकिन प्रयोग गर्छन् । औसतमा भने जम्मा ५७.६ प्रतिशत भारतीय महिला मात्र महिनावारी भएका बेला स्यानिटरी न्यापकिन प्रयोग गर्ने तथ्यांकमा उल्लेख छ । सरकारको यो निर्णयसंगै महिनावारीको समयमा प्याड प्रयोग गर्ने महिलाहरुको संख्यामा बुद्धि हुने अनुमान गरीएको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments