काठमाण्डौ । निरन्तर रुपमा अनशन बस्दा समेत डा .गोविन्द केसीले उठाएका मागप्रति सरकार गम्भिर नदेखिएको भन्दै सरकारलार्इ दवाव दिन सामुहिक नागरिक सत्याग्रह सुरु गरिएको छ । काठमाण्डौको वसन्तपुरमा सोलिडारिटी फर डा. केसी अलायन्सको अगुवाइमा सामुहिक नागरिक सत्याग्रह सुरु भएको छ ।
विगत २३ दिनदेखि अनशनरत डा. गोविन्द केसीका मागमा समर्थन जनाउन शंख बजाएर सत्याग्रह सुरु गरिएको हो । बिहान १० बजेदेखि सुरु भएको सत्याग्रह साँझ ५ बजेसम्म जारी रहने जनाईएको छ । साँझसम्म सत्याग्रहमा दुर्इ सय जना सहभागी हुने आयोजकले जनाइएको छ ।
सत्याग्रहमा चिनिएका अनुहारभन्दा पनि सर्वसाधारणहरुको बाक्लो उपस्थिति रहेको छ ।चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुधारका माग राख्दै अनशनरत डा. केसीको माग सम्बोधनका लागि प्रबुद्ध नागरिक समाजले दबाव बढाउँदै लगेका छन् ।