Monday, June 21, 2021
घरसमाचारतारा एअरले नयाँ ट्विनअटर विमान काठमाण्डौ ल्यायो

तारा एअरले नयाँ ट्विनअटर विमान काठमाण्डौ ल्यायो

काठमाडौं । तारा एअरको नयाँ ट्विनअटर विमान शनिबार साँझ काठमाडौं अवतरण गरेको छ । कम्पनीको नयाँ भाइकिङ ४०० श्रृंखलाको विमान सेसेयल्स, माल्दिभ्स, भारत हुँदै काठमाडौं आइपुगेको हो । विमानको चालकदलमा वरिष्ठ क्याप्टेन प्रभाकर घिमिरे, पवन सिंह नगरकोटी तथा प्रविधिक सहयोगार्थ इन्जिनियर जगत लामा रहेका छन् । भाइकिङ ४०० श्रृंखलाको ट्विनअटर विमानले लुक्ला, डोल्पा, रारालगायतका विमानस्थलमा उडान भर्न सक्षम रहेको कम्पनीले जनाएको छ । प्राधिकरणले यो बिमानलाई नाईन एन – एएलओ दर्ता नम्बर दिएको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments