Tuesday, November 30, 2021
घरमनोरञ्जनझमकबहादुर को अडियो जुकबक्स सार्वजनिक

झमकबहादुर को अडियो जुकबक्स सार्वजनिक

काठमाण्डौ । साउन १८ गते देखी प्रर्दशन हुन लागेको फिल्म झमकबहादुर को अडियो जुकबक्स सार्वजनिक गरिएको छ । जुकबक्समा टाइटल सहित, मृग नयनी तिम्रो आखाँ र कुनै बेला निकै चर्चा बटुुलेको आम्मैले भन्थे धाराको पानी बोलका गित समावेश छन् । ‘आम्मैले भन्थे धाराको पानी’ गितमा शब्द र संगीत कुसुम गज्मेरको रहेको छ । यो गीतलाई झमकबहादुर मा रिमिक्स गरेर समावेश गरिएको हो । फिल्ममा ओम सुनारले संगीत भरेका छन् ।

फिल्ममा अनुप बिक्रम शाही, यादब देवकोटा (सरापे), राजु कमेडी, मिन कुमार तामाङ सुजाता थापा,कल्याण अधिकारी, राजन मर्हजनको मुख्य भूमिका रहेको छ ।यस्तै पवन गौतमको छायाङकन, अनिल मर्हजनको सम्पादन, राजु किरात राईको द्धन्द्ध निर्देशन छ । फिल्मका निर्माता मिन कुमार तामाङ हुन भने सह निर्माता कोपिला कुमारी ढल्लाकोटी हुन् । फिल्मको निर्देशन भने भोमन कटुवालले गरेका छन् ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments