Wednesday, October 27, 2021
घरखेलकुदनेपालले ह्याम्पसायरलाई २४३ रनले हरायो

नेपालले ह्याम्पसायरलाई २४३ रनले हरायो

काठमाडौँ: मिसन फस्ट ओडिआई र लर्ड्समा ट्राई सिरिज खेल्नका लागि हाल युरोप टुरमा रहेका नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा फराकिलो अन्तरको जित हात पारेको छ।

शनिबार भएको अभ्यास खेलमा कप्तान पारस खड्काको शानदार शतक तथा बलरको उत्कृष्ट प्रदर्शनमा नेपालले ह्याम्पसायर हग्स क्रिकेट क्लबलाई २४३ रनले पराजित गर्‍यो।

कप्तान पारसको १६१ रनको मद्दतमा पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर ३६२ रन बनाएको थियो। जवाफमा ३६३ रनको लक्ष्य पछ्याएको घरेलु क्लब ३७.१ ओभरमा ११९ रनमै अलआउट भयो।

ह्याम्पसयारलाई अलआउट गर्न नेपालका ललित नारायण राजवंशीले सर्वाधिक ५ विकेट लिए। यस्तै सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले २-२ तथा करण केसीले १ विकेट लिए। ह्याम्पसायरका लागि ह्यारी पिसरले सर्वाधिक ३३ रन बनाए।

नेपालले दोस्रो अभ्यास खेल सोमबार सेन्ट क्रससँग खेल्नेछ। उक्त खेल टी-२० फर्म्याटको हुनेछ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments