Sunday, September 26, 2021
घरBanner Newsगोविन्द केसीको अनसन २३ औं दिनमा, सरकार र केसीबीच अझै वार्ता हुन...

गोविन्द केसीको अनसन २३ औं दिनमा, सरकार र केसीबीच अझै वार्ता हुन सकेन

काठमाडौँ – चिकित्सा शिक्षामा सुधारको माग गर्दै लामो समयदेखि आन्दोलनमा रहेका डा. गोविन्द केसी पछिल्लोपटक अनशन बसेको आइतबार २३ दिन भएको छ । यसअघि केसी २३ दिन अनसन बसिसकेका छन् ।

संसदमा पेश भएको चिकित्सा शिक्षा विधेयकमा माथेमा आयोग अनुसार तयार भएको अध्यादेशको भावना तोडमोड गरिएको विरोधमा डा. केसीले यसपटक सत्याग्रह सुरु गरेका हुन् ।

उनले २३ दिनअघि जुम्ला पुगेर अनशन सुरु गरेका थिए । तर स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि सरकारले जोडबल गरेर डा. केसीलाई गएको बिहीबार काठमाडौँ ल्याएको हो । उनी अहिले त्रिवि शिक्षण अस्पतालमा अनशनमा छन् ।

उनको मागको पक्ष र आन्दोलनको समर्थन तथा जीवन रक्षाका लागि नागरिक समाजका अगुवा तथा समाजका प्रवुद्ध समूह पनि आन्दोलनमा छन् । दैनिकजसो डा. केसीको समर्थन तथा माग पूरा गराउनका लागि दबाब दिने उद्देश्यले काठमाडौंसहितका ठाउँमा प्रदर्शन हुने गरेका छन् ।

डा. केसीले यसअघि १४ पटक अनशन बसिसकेका छन् । डा. केसी १५ औँ पटकको अनशनमा रहँदा पनि उनका माग लगभग उस्तै छन् । तर पूरा गराउने पक्षमा सहमति हुँदै त्यसको कार्यान्वयन नहुँदै आएको छ ।

यसअघिका अनशनमा डा. केसीले २३ दिनभन्दा बढी कटाएका छैनन् । तर यो पटक भने उनको सत्याग्रह लामो हुने देखिएको छ । सरकार उनका मागमा गम्भीर नभएको आरोप लाग्ने गरेको छ । यसले गर्दा डा. केसीको यो पटकको सत्याग्रह यसअघिका भन्दा लामो हुने देखिएको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments