Friday, August 12, 2022
घरसमाचारविश्व हिन्दु महासंघका अन्तर्राष्ट्रिय अध्यक्ष भरतकेशर सिंहको निधन

विश्व हिन्दु महासंघका अन्तर्राष्ट्रिय अध्यक्ष भरतकेशर सिंहको निधन

काठमाडौं : विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष भरतकेशर सिंहको निधन भएको छ। सिंहको शनिबार राति ३ बजे बयोधा अस्पतालमा निधन भएको महासंघ अन्तर्राष्ट्रिय कमिटीका उपाध्यक्ष अस्मिता भण्डारीले जानकारी दिइन्।

सिंह ८५ वर्षका थिए। तीन साताअघि सामान्य ज्वरो आएर बयोधा अस्पतालमा परीक्षण गर्दा पिसाबमा संक्रमण देखिएपछि उनी उपचाररत थिए। त्यहीबीचमा उनमा निमोनिया देखिएपछि त्यसको पनि उपचार भइरहेको थियो।

शनिबार राति पटकपटक हृदयाघात भएपछि उनको निधन भएको चिकित्सकहरूले बताएको भण्डारीले जानकारी दिइन्। उनका तीन छोरा, बुहारी र नातिनातिना छन्। उनकी श्रीमतीको भने निधन भइसकेको छ।

सिंह नेपाली सेनाका सेवानिवृत्त जर्नेल हुन्। उनको पार्थिव शरीर पशुपतिनाथस्थित बनकालीमा दिउसो साढे १२ बजे श्रद्धाञ्जलीका राख्ने र आजै अन्तिम संस्कार गर्ने तयारी छ। उनलाई नेपाली सेनाले अन्तिम सलामी दिनेछ।

नेपालमा राजतन्त्र अन्त्यभएपछि सिंह नेपाललाई हिन्दु अधिराज्य बनाउनुपर्ने अभियानमा थिए।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments