Friday, July 30, 2021
घरBanner Newsकांग्रेस सभापति देउवाले भेटे प्रधानमन्त्री, बानेश्वर झडपबारे चासो व्यक्त

कांग्रेस सभापति देउवाले भेटे प्रधानमन्त्री, बानेश्वर झडपबारे चासो व्यक्त

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भेटी अनशनरत डा. गोविन्द केसीसँग वार्ता गर्न सुझाव दिएका छन् ।

सभापति देउवाले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई त्यस्तो सुझाव दिएको नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

भेटमा सभापति देउवाले नयाँ वानेश्वरमा नेपाल तरुण दलको प्रदर्शनमा भएको झडपबारे चासो व्यक्त गर्दै आफ्नो नेतृत्वको सरकारले जारी गरेको चिकित्सा शिक्षा अध्यादेश नै विद्यमान समस्याको समाधान भएको बताउनुभएको विज्ञप्तिमा उल्लेख छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments