Thursday, September 23, 2021
घरसमाचारसरसफाई सबैको दायित्व हो

सरसफाई सबैको दायित्व हो

मिना कंडेल ,५ साउन नवलपुर । घरबाट निस्कने फोहरलाई घरमै व्यवस्थापन गर्नुपर्ने एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । आज कावासोतीमा भएको अन्तरकृयामा सहभागीहरुले फोहर व्यवस्थापन अहिलेको मुख्य चुनौती रहेको बताए । विश्य सरसफाई दिवसको पुर्वसन्यामा आयोजित अन्तरकृयामा नवलपरासीमा सरसफाई कार्यक्रमलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने बिषयमा छलफल समेत भएको थीयो । आफ्नो नगरपालिकाको फोहरको किसिम, बनावट र व्यवस्थापनका अवस्था बुझ्न आधारभूत अध्ययन गर्नु जरुरी रहेकोले यससम्बन्धी अध्ययन गर्न सम्बन्धित विज्ञ साथै सरोकारवालाको समिति बनाई सल्लाह र सुझावबमोजिम तयार गर्ने र अध्ययनको आधारमा नगरपालिका स्रोत साधन तथा आवश्यकताअनुसार आवश्यक फोहर व्यवस्थापन रणनीति तथा कार्ययोजना तर्जुमा गर्नुपर्ने सहभागीहरुले औल्याय ।

विश्वभरी भर संचालन भईरहेको सरसफाई आन्दोलनलाई सकर्थन गर्दै नवलपरासीमा कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने बिषयमा छलफल भएको थीयो । कार्यक्रममा नवलपरासी र आसपासका जिल्लामा सरसफाईको क्षेत्रमा कृयासिल संघसंस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थयो ।  कार्यक्रममा बोल्दै लेट्सडुइट नेपाल टिमका लिडर एवं नेपालमैत्री समाज भरतपुरका अध्यक्ष विरेन्द्र पौडेलले सरसफाईकालागी दिशनै कुनुपर्ने आवश्यकता नरहेको भन्दै आफ्नो ठाउबाटै सबैले कदम चाल्नुपर्ने बताए । व्यतिm आफैले फोहोर व्यस्थापनमा लाग्ने हो भने कुनै निकायको मुख ताक्न नपर्ने पौडेलको भनाइ छ ।

सम्वन्धित निकायलाइ झकझकाउने हामि सवैको दायित्व भएको हुदा सरसफाइलाई निरन्तरता दिदै विश्व सरसफाइ दिवशलाइ सफल पारि आफ्नो गाउ, नगरलाइ स्वच्छ र हराभरा वनाउन सवैलाइ आग्रह गरेका छन । सरसफाई कुनैपनि निकायको दायित्व भन्दा पनि व्यक्लिे आफ्नो दायित्व बोध गर्नुपर्ने भन्दै सबैमिलेर स्वच्छ र हराभरा वातावराण बनाउन एकजुट हुन आग्रह गरे । लेट्सडुइट नेपाल टिमका लिडर एवं नेपालमैत्री समाज भरतपुरका अध्यक्ष विरेन्द्र पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा हरियाली संस्थाका अध्यक्ष्ाँ लेखनाथ दवाडीले सहजिकरण गर्नु भएको थियो ।

एसियाली विकास बैङ्क (एडिबी) ले नेपालमा सन् २०१३ मा गरेको अध्ययनको प्रतिवेदनअनुसार प्रतिव्यक्ति औसत फोहर उत्पादन ३१७ ग्राम प्रतिदिन हुने उल्लेख गरेको छ । यस तथ्याङ्लाई आधार मान्ने हो भने नेपालका कुल २९३ शहरबाट मात्र प्रतिवर्ष दुई करोड १८ लाख मेट्रिक टन नगरजन्य फोहर उत्पादन हुने देखिन्छ । यी फोहरमा स्वास्थ्यजन्य फोहर तथा औद्योगिक फोहर पनि जोड्ने हो भने फोहरको मात्रा अझ बढ्ने देखिन्छ । सरदर २०–२५५ फोहर पुनः चक्रण तथा पुनःप्रयोग हुन्छ बाँकि फोहर अव्यवस्थित रूपमा बिसर्जन अथवा खुला रूपमा फ्याल्ने गरिन्छ । फोहरको उचित व्यवस्थापन भइदिएको भए फोहर उत्पादन ठूलो चुनौती हुने थिएन तर फोहरको दिगो व्यवस्थापन नहुँदा यो एक मुख्य वातावरणीय चुनौतीका रूपमा देखापरेको छ ।

फोहरलाई स्रोतमै वर्गीकरण गर्ने व्यवस्था नहुनु, फोहरलाई स्रोतबाटै सङ्कलन गर्ने प्रयासको कमी हुनु, फोहरलाई प्रशोधन÷पुनः चक्रण गर्न पूर्वाधार विकासमा प्राथमिकतामा नपर्नु, फोहरलाई सुरक्षित बिर्सजन नगरी खोलाका किनार, खाली जग्गा, वन क्षेत्रमा जथाभावी बिर्सजन गर्नु, फोहरलाई खुला रूपमा बाल्नु, फोहर व्यवस्थापनमा जनसहभागिता र सामुदायिक परिचालनको कमी, फोहर व्यवस्थापनसम्बन्धी विद्यमान नीति नियम कार्यन्वयनमा प्रभावकारी नहुनु आदि दिगो फोहर व्यवस्थापन नहुनुका मुख्य कारण हुन् । वातावरणीय हिसाबले संवेदनशील यस विषयमा राज्य र सम्बन्धित निकायको ध्यान नजानु र प्राथमिकतामा नपर्नु थप चिन्ताको विषय भएको छ । फोहर गर्न जति सजिलो छ, यसको नियन्त्रण तथा व्यवस्थापन गर्न असम्भव नभए पनि यसका लागि सबल तथा सुदृढ प्रयास गरिनुपर्छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments