काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डसँग नेपालका लागि अमेरिकी राजदूत एलाइना बी–टेप्लिज ले शुक्रबार बिहान निवास खुमलटारमा भेट गरेका छन्। आफ्नो कार्याकाल सकाउन लागेकी टेप्लिजले अध्यक्ष प्रचण्डसँग बिदाई भेट गरेकी हुन्।
अध्यक्ष प्रचण्डले राजदूत टेप्लिजलाई भन्नु, ‘तपाईको कार्यकाल सफल भएको छ।नेपालको विकास र प्रगतिमा तपाईले खेलेको भूमिका सकारात्मक रह्यो।’
अध्यक्षले नेपालको शान्ति प्रक्रिया र समग्र राजनीतिक स्थायीत्वमा अमेरिकी सरकारको सहयोग र सद्भाव रहेको बताए।
उहाँले नेपालको आर्थिक समृद्धिमा अमेरिकी सरकार र जनताको आगामी दिनमा पनि सहयोग र समर्थन रहने विश्वास व्यक्त गरे।नेपालको शान्ति प्रक्रिया विश्वका लागि मोडल भएको अध्यक्ष प्रचण्डको भनाई थियो।
राजदूत टेप्लिजले नेपालको शान्ति प्रक्रिया लगायतका ठूला ठूला चुनौतिहरुमा नेतृत्वदायी भूमिका खेलेका अध्यक्ष प्रचण्डको प्रशंसा गरे।
उनले नेपाल सुन्दर भएको बताउँदै राजनीतिक स्थिरतापछि देश आर्थिक समृद्धिमा जाने आधार तयार भएको उल्लेख गरे।