Tuesday, November 30, 2021
घरसमाचारनक्कली सुनका कारोवारी पक्राउ

नक्कली सुनका कारोवारी पक्राउ

काठमाण्डौ । नक्कली सुन बेच्न हिँडेका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । नक्कली सुनको विस्कुट आकारका चक्की, एउटा बेरुवा औंठीसहित सिन्धुपाल्चोक धैवुङ ३ घर भई काठमाडौं जोरपाटी बस्ने २३ वर्षका राज लामा तामाङ, नुवाकोट बेतिनी घर भई जोरपाटी बस्ने २६ वर्षका म्याङसिंह लामा र सोलुखुम्बु घर भई कपन बस्ने टासी लाक्पा शेर्पा पक्राउ परेका हुन् ।

उनीहरुले चावहिल, कोटेश्वर र कपन इलाकामा नक्कली सुनको कारोबार गर्ने गरेको प्रहरीले बताएको छ । चावहिल चुच्चेपाटीमा शंकास्पद अवस्थामा राज लामा र म्लाङसिङ लामा पक्राउ परेको र उनीहरुको दिएको सूचनाको आधारमा १ किलो नक्कली सुनसहित टासी शेर्पा पक्राउ परेका महानगरीय प्रहरी परिसरले जानकारी दिएको छ । पक्राउ परेकाहरु यसअघि पनि ठगी र लुटपाटमा संलग्न रहेको पाइएको प्रहरीको भनाइ छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments