Sunday, August 1, 2021
घरसमाचारमुक्त हलियाका उजुरीबारे छानबिन गरिने

मुक्त हलियाका उजुरीबारे छानबिन गरिने

डडेल्धुरा । डडेल्धुरामा रहेका मुक्त हलियाका रकम हिनामिना भएको भन्दै जिल्ला प्रशासनमा परेका उजुरीका बारेमा छानबिन गरिने भएको छ । मालपोत कार्यालय डडेल्धुराका कर्मचारीले मुक्त हलियाबाट खाएको रकम फिर्ता गरेपछि उजुरी गर्नेको संख्या बढेको जिल्ला प्रशासनले जनाएको छ । मालपोत कार्यालय डडेल्धुरामार्फत कार्यान्वयन भइरहेको मुक्त हलिया पुनःस्थापना कार्यक्रममा भएको आर्थिक अनियमितता प्रकरणको अनुसन्धान अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्ने भएको छ ।

मुक्त हलिया पुनःस्थापना कार्यक्रमका लाभान्वित व्यक्तिहरुले जग्गा खरिद, घर मर्मत र घर निर्माणका लागि प्राप्त अनुदान रकममा घुस मागेको भन्दै मुक्तहलियाहरुले उजुरी दिन थालेका हुन् । मालपोत कार्यालय डडेल्धुराका कर्मचारी, राष्ट्रिय हलिया मुक्ति समाज महासंघ सम्बद्ध व्यक्तिहरुका नाममा जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन थालेका हुन् । जिल्ला प्रशासन कार्यालय डडेल्धुराले प्रारम्भिक छानबिन गरी थप अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए ।  जिल्ला प्रशासन कार्यालयमा प्राप्त लिखित तथा मौखिक उजुरीका आधारमा घुस लिएका व्यक्तिसँग स्पष्टीकरण माग गरी ठाडो बयान लिएर थप कारवाहीका लागि अख्तियारमा पठाइएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए ।

मुक्त हलियाबाट विभिन्न बहानामा रु २० हजारदेखि ५६ हजार घुस लिइएको उजुरीमा उल्लेख गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय महेन्द्रनगरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रेमसागर केसीले जिल्ला प्रशासन कार्यालय डडेल्धुरामार्फत प्राप्त उजुरी र अन्य सूचनाका आधारमा सो प्रकरणको विस्तृत छानविन भइरहेको बताए । मुक्त हलियाका नाममा प्राप्त अनुदान रकममा कमिसन लिएको प्रकरणमा निकै नाटक भइरहेको प्रमुख जिल्ला अधिकारी जोशीले बताए ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments