एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विरुद्धको अविश्वास प्रस्तावमाथि लोकसभामा बहस जारी छ । सभामुख सुमित्रा महाजनले अविश्वासको प्रस्ताव स्वीकार गरेसँगै आजबाट बहस सुरु भएको हो ।
स्थानीय समयअनुसार आजै ६ बजे अविश्वासको प्रस्तावमाथि मतदान हुने बीबीसीले जनाएको छ । तेलुगु देशम पार्टीले सरकार विरुद्ध दर्ता गरेको अविस्वासको प्रस्तावलाई प्रमुख विपक्षी कंग्रेस आईका केही नेताले समेत समर्थन गरेका छन् ।
यद्यपी, विपक्षी कंग्रेस आईकी पूर्व अध्यक्ष सोनिया गान्धीले आफुहरुसँग प्रस्तावको पक्षमा पर्याप्त मत रहेको दाबी गरेकी छन् । लोकसभामा ५ सय ३४ कुल सदस्यमध्ये सत्तारुढ भाजपाको २ सय ७३ र गठबन्धन दलको ४८ गरि ३ सय ११ सासंद छन् । जबकी बहुमतका लागि २ सय ६८ मतको आवश्यकता छ । जुन भारतीय जनता पार्टी एक्लैसँग छ ।