Thursday, September 23, 2021
घरसमाचारत्रिवि शिक्षण अस्पतालका निर्देशक महराको राजिनामा

त्रिवि शिक्षण अस्पतालका निर्देशक महराको राजिनामा

काठमान्डौ । त्रिवि शिक्षण अस्पतालका निर्देशक प्रा.डा दीपक महराले पदबाट राजिनामा दिएका छन् । आज देखि लागू हुने गरी उनले हिजो त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमको डीन कार्यालयमा राजिनामा बुझाएका हुन् । उनले आफ्नो राजिनामा अनशनसंग सम्बिन्धित नभएर संयोग भएको बताए ।उनले त्यसको जानकारी एक साता अघि नै त्रिवि उपकुलपति चिकित्साशास्त्र अध्ययन् संस्थान ( आइओएम) का डीन लगायतका पदाधिकारीहरुलाई गराइसकेको बताए ।

‘मेरो राजिनामा आकस्मिक होइन । म केही महिना देखि पारिवारिक समस्यामा छु । त्यो कुरा मेरा सहकर्मीहरुलाई पनि थाह छ । तर आर्थिक बर्षको अन्त्यतिर राजिनामा दिदा संस्था र अरु साथीहरुलाई झमेला हुन्छ कि भनेर रहेको हुँ । अव आर्थिक बर्ष सकियो । त्यसैले मैले राजिनामा दिएको हुँ ‘ डा महराले भने । त्यसो त प्राडा महराको ४ बर्षे कार्यकाल करीब ५ साता अघि नै सकिएको हो । त्रिवि कार्यकारी परिषदले अर्को व्यवस्था नभएसम्म भन्दै तीन महिनाका लागि पदावधी थपेको थियो ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments