Wednesday, October 27, 2021
घरखेलकुदरोमाका गोलकिपर एलिसन इङ्लिस क्लब लिभरपुलमा

रोमाका गोलकिपर एलिसन इङ्लिस क्लब लिभरपुलमा

काठमाण्डौ । इंग्लिस फुटबल क्लब लिभरपुलले ब्राजिलका गोलकिपर एलिसन बेकर इङ्लिस क्लब लिभरपुल जाने पक्का भएको छ। लिभरपुलले अघि सारेको प्रस्ताव इटालियन क्लब रोमाले स्वीकार गरेपछि एलिसन इङ्लिस क्लब भित्रने भएका हुन्। एलिसनलाई इटालियन क्लब रोमाबाट ६ वर्षका लागि अनुबन्ध गरिएको हो । २५ वर्षे एलिसन रोमामा २ वर्षका लागि रोमामा अनुबन्धित भएका थिए। रोमामा उनले सिरी–ए को पछिल्लो सिजनका ३७ खेल खेलिसकेका छन्।

उनी अहिलेसम्मकै सबैभन्दा धेरै पारिश्रमिक पाउने गोलकिपर पनि बनेका छन् । ६ वर्षका लागि अनुबन्ध भएका एलिसनलाई कति रकम खर्च गरेको भन्नेबारे लिभरपुलले केही नबताए पनि रोमा ले एसिलनलाई ६ करोड ६८ लाख अमेरिकी डलरमा लिभरपुलले अनुबन्ध गरेको बताएको छ । २५ एलिसन २ बर्षदेखि रोमाबाट खेल्दै आएका थिए ।

गोलकिपरका लागि बढी रकम खर्च गर्ने कीर्तिमान अहिलेसम्म इंग्ल्याण्डमा म्यान्चेष्टर सिटीको थियो । जहाँ उसले बेन्फिकाका एडर्सनलाई ४० मिलियन यूरोमा अघिल्लो वर्ष भित्र्याएको थियो । यो कीर्तिमान तोड्दै लिभरपुलले झण्डै दोब्बर मूल्यमा एलिसनलाई अनुबन्ध गर्न लागेको हो । भर्खरै सम्पन्न विश्वकपमा पाँच खेल खेलेका एलिसनले तीन खेलमा क्लिन सिट राखे पनि क्वार्टरफाइनलमा बेल्जियमसँग पराजित हुँदै बाहिरिएको थियो ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments