Monday, June 14, 2021
घरविश्वपुटिनलाई ट्रम्पको निम्तो

पुटिनलाई ट्रम्पको निम्तो

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई अमेरिका भ्रमणको निम्तो दिएका छन् ।पुटिनको अमेरिकी भ्रमणका बारेमा यस अघि नै छलफल भएको प्रेस सचिवले बताएका छन् । बीबीसीले ट्रम्पको प्रेस सेक्रेटरीलाई उद्धृत गर्दै शरद ऋतुमा अमेरिकाको भ्रमण गर्न ट्रम्पले रुसी राष्ट्रपति पुटिनलाई निम्तो पठाएको जनाएको छ । ट्रम्पकी प्रेस सेक्रेटरी सारा स्यान्डर्सले एक ट्वीट गर्दै भ्रमणको तयारी शुरु गरिएको बताएकी छन् । यस अघि ट्रम्प र पुटिनबीच फिनल्याण्डमा दुई पक्षीय वार्ता भएको थियो । वार्तामा अमेरिकामा भएको राष्ट्रपतीय चुनावमा रुसले कुनै दख्खल नदिएको ट्रम्पले बताएका थिए । तर त्यसको भोलिपल्टै ट्रम्पले बोली फेर्दै रुसले केही दख्खल दिएको बताएका थिए ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments