Monday, June 21, 2021
घरBanner Newsगोविन्द केसीका मुद्धामा स्वास्थ्यमन्त्री यादव मौन किन ?

गोविन्द केसीका मुद्धामा स्वास्थ्यमन्त्री यादव मौन किन ?

काठमाडौं । २१ दिनदेखि आमरण अनसनरत बरिष्ठ चिकित्सक एवम् प्राध्यापक गोविन्द केसीका विषयमा सडकदेखि संसदसम्म हंगामा जारी छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केसीका मागको सम्बोधन गर्न सरकारलार्इ दवाव दिन निरन्तर सदन अवरुद्ध गरिरहेको छ भने सडक आन्दोलनलार्इ पनि संगसंगै अगाडि बढाइरहेको छ । विगतमा केसीका मागप्रति मौन रहदै अाएको कांग्रेस अहिले सडक र सदनमा आक्रामक बन्दै गएपछि कांग्रेस र विवेकशील साझा पार्टीबीच नै कसले जस लिने भन्ने होडबाजीसमेत सुरु भइसकेको छ ।

यता नागरिक समाज, विभिन्न राजनीतिक दलहरु र पेशागत संगठनहरु केसीको माग र अनसनलार्इ लिएर स्पष्ट विभाजित छन्। प्रधानमन्त्री र मन्त्रीहरुले केसीको अनसनको आलोचना गरिरहेका बेला स्वास्थ्य मन्त्री उपेन्द्र यादवले भने अझै मुख खोलेका छैनन् । चिकित्सक केसी र उनका मागसंग प्रत्यक्ष सरोकार राख्ने स्वास्थ्य मन्त्रालय र त्यसको नेतृत्व गरिरहेका मन्त्री यादवको मौनताले सबैलार्इ चकित बनार्इदिएको छ ।

मेडिकल शिक्षामा सुधार र सरकारी स्वास्थ्य सेवाको गुणस्तर सुधारका माग राखेका केसीका विषयमा मन्त्री यादवले सबैभन्दा पहिला जवाफ दिनुपर्ने थियो तर उनी केसीमा मुद्धामा सार्वजनिक रुपमा बोल्न नै चाहन्नन् । यसअघि केसी १४ पटक अनसन बसिसकेका छन् । त्यतिबेला सबैको ध्यान स्वास्थ्य मन्त्रीतर्फ नै सोझिन्थ्यो । आलोचना र विवादको घेरामा स्वास्थ्य मन्त्री पर्नु स्वभाविक जस्तै हुन्थ्यो तर १५ औं पटक अनसन बसिरहेका केसीको अनसन २१ औं दिन पुगिसक्दा पनि स्वास्थ्य मन्त्री यादव प्रतिक्रियाविहीन छन् ।

उनले केसीप्रति कुनै टिप्पणी नै गरेका छैनन् अहिलेसम्म । बरु २० दिनदेखि जुम्लामा अनसन बसेका केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि बिहीबार उपचारका लागि भन्दै काठमाडौं ल्याउनुलार्इ मन्त्री यादवले सरकारको सफलता ठाने । ‘डा. गोविन्द केसीले उठाएका सबै माग गलत पनि छैनन्। र, सबै माग सरकारले पूरा गर्ने खालका पनि छैनन्। अहिले उहाँको स्वास्थ्य उपचार पहिलो प्राथमिकताको विषय हो। केसीलाई काठमाडौं ल्याउनु नै सरकारको सफलता हो।’

उनले उपचारसँगै वार्ताका माध्यमबाट समस्या समाधानको बाटो खोजिने बताएपनि केसीका कुन माग जायज र कुन माग सम्बोधन गर्न नसकिने छन् त्यो भने बताउन चाहेनन् ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments