Wednesday, October 27, 2021
घरBanner Newsअस्पतालको भीड नियन्त्रण गर्न प्रहरी जवानको मृत्युको हल्ला

अस्पतालको भीड नियन्त्रण गर्न प्रहरी जवानको मृत्युको हल्ला

जुम्ला । डा गोविन्द केसीलाई ‘इमोस्नल ब्ल्याकमेल’ गर्न प्रहरीको मृत्यु भएको हल्ला फैलाइएको खुलेको छ। अस्पतालको भीड नियन्त्रण गरी डा केसीलाई काठमाडौं पठाउनका लागि झडपमा घाइते भएका प्रहरी जवानको मृत्यु भएको भनेर हल्ला गरिएको थियो। जुम्लाका प्रहरी प्रमुख तपन दाहालले भीड नियन्त्रणको उद्देश्यले आफूहरुले नै प्रहरीको मृत्यु भएको हल्ला फैलाएको बताए। माइकिङ मार्फत प्रहरीले प्रहरी जवानको मृत्यु भइसकेको र अब आफूहरु फायरिङ गर्न बाध्य हुने भन्दै प्रचार गरेको थियो।

त्यस्तै, प्रहरीले डा केसी र उनका सहयोगीहरुलाई पनि झडपमा प्रहरीको मृत्यु भएको बताएको थियो। सोही आधारमा डा केसी थप झडप नहोस् भनेर काठमाडौं आउन तयार भएका थिए। उनलाई हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ। झडपमा घाइते भएका प्रहरी जवानको उपचार भइरहेको डिएसपी दाहालले बताए। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी र स्थानीयले डा केसीलाई काठमाडौं लैजानबाट रोक्ने क्रममा झडप भएको थियो।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments