Monday, June 21, 2021
घरसमाचारतीन नं प्रदेशसभाको बैठकमा कांग्रेसको अवरोध ,दक्ष चिकित्सक उत्पादनमा सरकारको ध्यान जानुपर्नेमा...

तीन नं प्रदेशसभाको बैठकमा कांग्रेसको अवरोध ,दक्ष चिकित्सक उत्पादनमा सरकारको ध्यान जानुपर्नेमा जोड

हेटौडा । तीन नं प्रदेशसभाको आजकोे बैठकमा प्रमुख प्रतिपक्षी दलका सदस्यहरूले उठेर बिरोध जनाइरहेका कारण नियमित कार्यसूचिमा प्रवेश नगरी स्थगित भएको छ ।  यसअघि विशेष समय माग गर्दै नेपाली काँग्रेस नेता इन्द्रबहादुर बानियाँले तत्कालीन केदारभक्त माथेमा आयोगको प्रतिवेदनमा उल्लेख भए अनुसारको चिकित्सा विधेयकलाई प्रतिनिधिसभाबाट पारित गरेर राष्ट्रलाई आत्मनिर्भर बनाउने गरी दक्ष चिकित्सक उत्पादनमा सरकारको ध्यान जानुपर्नेमा जोड दिए ।

उनले नेपालको संविधानबमोजिम सभामुख, उपसभामुख फरक फरक दलको हुनुपर्ने प्रावधान भएको र नेकपा एमाले तथा नेकपा माओवादी पार्टी एकीकृत भइसकेकाले अब एक पद प्रतिपक्षहरुलाई हस्तान्तरण गर्न आग्रह गरे ।

सांसद् बानियाँले डा गोविन्द केसीले आफ्नो व्यक्तिगत स्वार्थलाई त्यागेर देश र जनताप्रति समर्पित भएर उठाएको राष्ट्रिय सरोकारको विषयलाई वर्तमान सरकारले उपेक्षा गर्न नहुनेमा जोड दिए । प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले अर्को बैठक भोलि साउन ४ गते दिनको ११ बजे बस्ने स्थगित गरेका थीए ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments