Tuesday, November 30, 2021
घरसमाचारसंसद बैठक साउन ११ गते सम्मकालागी स्थगित

संसद बैठक साउन ११ गते सम्मकालागी स्थगित

 काठमाण्डौ । विपक्षी दलहरुले अवरुद्ध गर्ने तयारी गरेपछि आजकालागी बोलाईएको संसद बैठक सूचना टाँसेर स्थगित गरिएको छ । सभामुख कृष्णबहादुर महराले विशेष कारण भन्दै संसद बैठक स्थगित गरेका हुन् । आज दिउँसो १ बजेकालागी बैठक बोलाईको थियो । अब अर्को बैठक साउन ११ गते मात्र बस्नेछ । सरकारले चिकित्सा शिक्षा विधेयक अगाडि बढाएपछि कांग्रेसले संसद अवरुद्ध पर्दै आएको छ । अब यसमा राजपा र नयाँ शक्ति पनि सामेल हुने तयारीमा छन् ।आजको बैठकमा बीमा विधेयकलाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले प्रस्तुत गर्नुभएको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने र अर्थमन्त्री युवराज खतिवडाले बीमा विधेयक २०७५ प्रस्तुत गर्ने कार्यतालिका थियो ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments