काठमाण्डौ । घरेलु टोली जिम्बावेविरुद्धको पाँच खेलको एकदिवसीय क्रिकेट सिरिज पाकिस्तानले दुई खेल अगावै जितेको छ । तेस्रो खेलमा पाकिस्तानले जिम्बावेलाई ९ विकेटले हराउँदै सिरिज पक्का गरेको हो ।बुलावायोमा टस जितेर पहिले ब्याटिङ गरेको जिम्बावेले २५ ओभर १ बलमा अलआउट हुँदै ६७ रन जोडेको थियो । घरेलु टोलीले दिएको ६८ रनको झिनो लक्ष्य पाकिस्तानले ९ ओभर ५ बलमा मात्र एक विकेट गुमाएर पुरा गर्यो । जितसंगै भ्रमणकारी टोली पाकिस्तानले पाँच खेलको सिरिजमा ३ – ० को अग्रता बनाउदै सिरिजमा कब्जा जमाएको हो ।