Wednesday, September 22, 2021
घरसमाचारनवलपरासी बर्दघाट सुस्ता पुर्वको भागलाई 'नवलपुर’ नामाकरण गर्न आग्रह

नवलपरासी बर्दघाट सुस्ता पुर्वको भागलाई ‘नवलपुर’ नामाकरण गर्न आग्रह

कमला राना, नवलपुर । नवलपरासी बर्दघाट सुस्ता पुर्वको भागलाई नवलपुर जिल्ला कायम गर्न प्रदेश सरकारले नेपाल सरकारसँग आग्रह गरेको छ । राज्य पुनर्संरचनाको समयमा नवलपरासी जिल्लालाई टुक्र्याएर दुईवटा प्रदेशमा मिलाईएको थियो । वर्दघाट सुस्ता पुर्वको भागलाई गण्डकी प्रदेश र वर्दघाट पश्चिमको भागलाई प्रदेश नम्वर ५ मा मिलाईएको थीयो ।

राज्य पुनर्संरचना पछि देशमा स्थानिय तह हुदै प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भईसक्दापनि नया जिल्लाको रुपमा आएको नवलपरासी बर्दघाट सुस्ता पुर्वको नामाकरण हुन सकेको थीएन । गण्डकी प्रदेश सरकारले जिल्लाको नाम नवलपुर कायम गर्न नेपाल सरकारसँग आग्रह गरेको प्रदेश सरकारका प्रबक्ता रामशरण बस्नेतले बताए ।

उनले भने ‘जिल्लाको अहिलेसम्म नाम नै छैन । नवलपुर सुस्तापुर्व भनेर सम्बोधन भैरहेको थियो अव एउटै नाम नवलपुर हुन्छ । सदरमुकाम कावासोती तोक्न सिफारिस गरेका छौं ।’ सदरमुकाममा आवश्यक संरचना निर्माण गर्न पनि सरकारसँग प्रस्ताव गरेको जनाईएको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments