काठमाडौं : २० दिनदेखि आमरण अनसनरत बरिष्ठ चिकित्सक एवम् प्राध्यापक डा गोविन्द केसीलार्इ अनसनस्थल जुम्लाबाट काठमाडौं ल्याउन सरकारले आज बिहानै हेलिकप्टर पठाएको छ । अनसनका कारण केसीको स्वास्थ्य अवस्था बिग्रिदै गएपछि सरकारले उपचारका लागि काठमाडौं ल्याउन नेपाली सेनाको हेलिकप्टर जुम्ला पठाएको हो । केसीलार्इ अनसनस्थलबाट हेलिकप्टरमा राख्न प्रहरी परिचालन गरिएको भएपनि विद्यार्थीहरुले अस्पतालको मूल ढोकामा बसेर अवरोध गरिरहेका छन् । विद्यार्थीहरुले केसीका मागको सम्बोधन गर्न दवाव दिएका हुन्
चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा सुधारको माग राख्दै केसी अनसनमा बसेका हुन् । १५ औं पटक अनसनमा बसेका केसी आफ्नो मागको सुनुवार्इ नभएसम्म काठमाडौं नआउने अडानमा छन् भने सरकारले उनको जीवन रक्षाका लागि काठमाडौं ल्याउन लागेको जनाएको छ । सत्तारुढ दल नेकपाको बुधबार बसेको आकस्मिक बैठकले केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएकोले काठमाडौंमा ल्याएर उपचार गर्न सरकारलार्इ सुझाव दिएको थियो ।
सरकारले केसीको उपचार सुविधा सम्पन्न अस्पतालमा गर्ने जनाएको छ । केसीले भने आफ्ना मागको सुनुवार्इ नभएसम्म अनसन नतोड्ने अडान राख्दै आएका छन् । सरकारले मागको सम्बोधनको गर्नुको साँटो स्वास्थ्य उपचारका नाममा अनसन तुहाउनेतर्फ लागेको केसीपक्षधरहरुको जीकिर छ ।
यसबीचमा सरकार र केसीपक्षधरबीच दुर्इ पटक वार्ता भएपनि कुनै निष्कर्श निस्कन सकेको छैन । माथेमा कार्यदल कार्यान्वयन गर्दै संसदमा दर्ता गरिएको चिकित्सा शिक्षा विधेयक फिर्ता लिनुपर्ने केसीको माग छ । सरकार भने अनसन स्थगित गरेर