Tuesday, September 21, 2021
घरसमाचारबँदेल मारेको आरोपमा भारतीय नागरिक पक्राउ

बँदेल मारेको आरोपमा भारतीय नागरिक पक्राउ

 कपिलवस्तुु। जंगली जनावर बँदेल मारेको आरोपमा प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारतबाट बँदेल मारेर नेपालतर्फ ल्याउदै गर्दा कृष्णनगर सीमा नाकाबाट भारतको जुगियावारी, महाराजगंज जिल्ला उत्तर प्रदेशका २० वर्षीय राजकुमार बञ्जारालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका बञ्जारालाई वन्यजन्तु शिकार र ओसारपोसारको आरोपमा जिल्ला वन कार्यालय कपिलवस्तुुले मुद्धा चलाएको छ । पक्राउ परेका बञ्जारा उपर राष्ट्रिय निकुन्ज ऐन २०२९ अनुसार अनुसन्धान प्रक्रिया अघि बढेको सहायक वन अधिकृत नागेन्द्र प्रसाद सिंहले जानकारी दिनुभयो ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments