Sunday, September 26, 2021
घरफिचरअन्नपुर्ण समाचारले जन्माएको पत्रकार म

अन्नपुर्ण समाचारले जन्माएको पत्रकार म

२ साउन , काठमान्डौँ । के हो पत्रकारीता थाह छैन तर पनि निरन्तर लागीरहेजस्तो लाग्छ । पत्रकारीता क्षेत्रमै लाग्छु भन्ने त सायद थिएन होला । खैँ त्यो दिन नआएको भए म के हुन्थे थाह छैन तर त्यो दिनले मेरो जिवननै परीवर्तन गरीदिएको छ । आज जस्तो छु त्यही दिनले बनाएको हो । सानो छदा पत्रपत्रिका पढ्न निकैँ रुचि थियो घरमा पसल भएरपनि फोन पत्रिका संग नजिक थिए दैनिक रुपमा पत्रिका हेर्थे पढ्न नजानेपनि पत्रिकामा प्रकासित चित्रहरु हेरेर आफै आफै मनमा कसरा गर्थे । विस्तारै पढ्न जान्निे भए कान्तिपुरको पहिलो पेजमा भएका ठुलाठुला अक्षरहरु जोड संग चिच्याउथे । मलाई सम्झना छ पत्रिकाका फोटाहर काटेर गोजिमा बोक्थे मोह नै भएर होला ।

त्यतिबेलाको बाल मस्तिस्कमा बाबु भविश्यमा के बन्छौँ भनेर सोध्दा म सजिलै डाक्टर भन्थे मलाई थाह थिएन डाक्टर बन्न कति मेहनत र परिश्रम चाहिन्छ भनेर , रिल ठानेर तोते बोलिमा डाक्टर बन्छु भन्दा मेरो सुनोलो भविश्यको कल्पनामा रमाउने मेरा अभिभावकहरु कति खुसी हन्थे होला अहिले आएर बल्ल बुझे । मेरो वालापनको प्रतिबद्धता पुरा गर्न सकिन आई एम सरी बुबा । सयम बलवान छ आज बल्ल बुझुदैछु ।वालापन कति चाडो वितेछ पत्तै भएन घडीको सुई संगै मेरो जिवनपनि घुमीरहेछ मलाई पत्तै भएन पाँच कक्षामा पढ्ने भएछु ।

बल्ल मनका ईच्छाहरु जाग्न थाले कावासोती छाडेर गाउामा बस्दा छुट्टै आनन्द आउछ मेरो हरुजुरबुबा जसलाई म बाँबा भन्छु साहै माया लाग्छ । अनि हजुरआमा उहाँलाई आमाले सम्बोधन गर्छु । मेरो बाल्यकालमा आमाको भुमीका उहाँलेने निर्वाहा गर्नुभयो मेरो मीले बाहीरी काम गरेपनि घरभित्र हरेक परिवारको ख्याल आमालेनै गनुृहसन्थ्यो । रिसायर कहिलेकाही म आमा संग झगढा गरेपनि रिस मर्नसाथ पश्चतापले जल्थे तर मेरो मस्तिस्क कति कमजोर रहेर आमा संग पनि म कहिल्यौ झक्न मन नलाग्ने साहौ बदमास म ।

आमानै आएर फकाउनुहुन्थ्यो अनि फुरुङ्ग हुन्थे म । मेरो अंकल एउटा कार्यालयमा काम गर्नुहुन्थ्यो सामाजिक सेवामा लाग्ने सधै प्रेरणा पाईरहन्थ्य मैले । समय बदलिदै थियो मेरा ईच्छा आकांक्षा लहराउदै थिए । मैले स्कुलमा शुक्रवारीय कार्यक्रम चलाउथे सबैले तारीफनै गथ्य , झन कलस्टर स्तरीय वक्तित्वकला प्रतियोगितामा दोस्रो हुदा कृष्ण सिग्देल सरले शहिदस्मुति माविमा बोकेरै बधाई दिएको क्षण आजै जस्तो लाग्छ । बोल्न भनेपछि थाक्दै नथाक्ने । कहिलेकाही त मलाई गालि गरेरै बुबाले रोक्नुहुथ्यो । कक्षा सातमा पुगे गाउँबाट फेरी काजासोती पढ्न थाल्योँ बल्ल तेतिबेला भविश्यमा के बन्नेहोला भनेर सोचिरहन्थ्य । एक दिको कुरा हो एकाएक मेरो परीवारमा बज्रपात भयो अन्पुणा राष्ट्रिय दैनिकमा मेरो परीवारको नाम मुछेर तिन करोडको भ्रष्टचार भन्ने समाचार छापियो । सायद त्यहि समाचार मेरालागी भविश्यको भार बन्यो । मेरो परीवारको स्थिति सामान्य थियो जिवनशैली पनि सामान्य कहाँबाट आयो तिन करोड रु

त्यहा हामी विरुद्ध ठुलो षड्यन्त्र रचिएको रहेछ । मनमा साहौ पिडा भयो । हशँ म सम्झन चाहन्न त्यो दिनहरु कसरी काटेहोला त्यो समय । त्यो त्रेला घर बाट विद्यालय सम्म स्पष्टिकरण हुदैँ नभएको कसरा लेखेर पपुलर बन्न खोजे जस्तो लाग्यो । हाम्रो परीवार कति पिडामा रहियो कसैले कल्पना सम्मनि गर्न सक्दैन होला त्यो पिडा । खाएको भएत खासै केही असर गर्थैन होला तपाईौ कल्पना गर्नुु्स् अन्यनएमा पर्दाको पिडा । पत्रकारलाइृ तयो बेला खरिद गरीएको जस्तो लाग्यो सिमित थिए पत्रकार त्यही भएर हाम्रो पक्षमा बोल्दिने कोही भएन तर दाउन्ने साप्ताहीकको गुन म तिर्न सक्दिन थाह छैन को थिए त्यो बेला । हामी कति अन्जान थियौँ केही सोच्न पनि सकिरहेका थिएनै समाचार लेऋने त्रिकारलाई भेट्योँ उहाँले आफ्नो गल्ति महसुस गत गर्नुभयो तर हामी माथी लागेको दाग उहाँले मेटाउन सक्नुभएन ।

बाल मस्तीस्कमा पत्रकारप्रति क्रोध छायो । मनमा लाग्यो म पनि पत्रकारनै बन्द्धु अनि मेरो परीवारलाई न्याय दिलाउछुँ । त्यतिखेर मेरो परिवारलाई प्रेस काउन्सीलको बारेमा समेत थाहा थीएन घटना त्यही समित भयो । रीपोर्टरले सामान्य माफि मागे सकियो । केरो मनमा प्रश्न आयो पत्रकारले जे पनि गर्न पाईन्छ रु आज यो पेशा र धर्मका बारेमा बुझ्दैछु र लाग्दैछ ति रीपोर्टरले आफ्नो धर्म बिर्से । हुनत मानिसले गल्ति नगरी पाठ सिक्दैन आभोली उनको ब्यवहार र ब्यक्तित्व निकै बद्लेको छ । सायद पश्चताप भएर होला । मलाई प्रेरणा र हौसला दिने ब्क्तिहरुमध्य एक बनेका छन् । निकै सहयोग गर्छन् मलाई पत्रकारीतामा लाग्न र पत्रकारारको धर्म सम्झाउन । निकै खुसी छु म । उनिप्रति केही गुनासो छैन । उनले एक मात्र गल्ति गरे एक पक्षको मात्र कुरा सुनेर समाचार बनाए ।

जब समाचार बाहीरीयो साथीहरुको नजर म प्रति भिन्न भयो म एक्लो भए तर थाकिन । कावासोतीमा मध्यविन्दु रेडियो आयो म निकै खुसी भए मेरो सपना पुरा हुने भयो भनेर सायदै त्यो रेडियो खुल्दा म जति को खुसी भएको थीयो होला । जतिखेरपनि किताब पढ्दा होस् या कविदा रेडियोको शैली अपनाउथ्ये । म रेडियोमा पुगे र आवाज पनि रेर्कड गरे मलाई याद छ शिव सुवेदी दाई र रुपेस खनाल दाजुले निकै प्रसंसा गर्नुभएको थियो तर खोई के भयो थाह भएन । रेडियोको भसत नै चड्यो मलाई । तर त्यहाका हाकीमले झुलाई मात्र राखे भोली आउनु पर्सी आउनु तिमिलाई कार्यक्रम दिन्छु भनिरहन्थ्ये ४ बर्ष धाईरहे , चप्पल ३,४ जोर फेरीसके तर मेरो रेडियोमा बोल्ने सपना सपनामै रहयो ।

फेन गर्यो भोली आउ भन्थे चाडबाढको समयमा बोलाउथ्ये त्य समयपनि घरको काम छाडेर कार्यक्रममा पाउने आशामा सधै घरमा ढाटेर जान्थे तर सधै टार्ने काम मात्र गर्थे । एक दिन कावासोतीमा अर्को रेडियो आउने खवर पाय । अनि म गयर कुरा गर्दा मलाई आउनुस भन्नुभयो । म त्यो रेडियोको पहिलो कर्मचारी थीय काम सिक्ने अवसर पाय भोकल देखी टेक्निकल सबै आफै हेर्नुपर्यो किनकी कर्मचारी छनौट हुन अझै केही समय लाग्ने देखीएको थीयो । म साउन २६ गते पहीलो प्रसारणबाटनै रेडियोमा काम गर्न पाए । खुसीको सीमै रहेन । २७ गते पहिलो रेकर्ड बज्यो मन त ठाउमै रहेन निकै खुसी संसारनै जितेजस्तो अनुभव भयो अनि अब समाजका किराहरुलाई कलम र आबाजका माध्इमबाट नस्ट गर्छु भन्ने अठोटका साथ रेडियोमा छिरे अनि कुनै गलत मान्छेको बरु समाचार नआओस् तर कुनै निष्ठाजान ब्क्तिको गलत समाचार कहिल्यौ लेख्दिन ।

मलै आफु निर्दोष हुदा हुदै आउने गलत समाचारले पार्ने प्रभाव भोगीसकेको थिए । मेरो जस्तो घटना फेरी अर्मो अवोध बालक र उस्को परिवारले भोग्न नपरोस् भन्ने मनमा लागीरयो । सुरुका दिमात रेडियोमा रमाईलोने लाग्थ्यो । त्यसको १ महिना पछि कार्यक्रम र समाचार शाखा मा कर्मचारी छनौट सकियो सबै आफ्नो काममा लागे । समाचार प्रमुखमा क्रन्तिकारी पत्रकार महासंघका जिल्ला अध्यक्ष्य आय ।

पत्रकारको हक हितमा काम गर्नै मान्छे आए भनेर तर उहाँ आएको २ महिनापछि आसा सबै निरासामा बदलिन थाल्यो १,२ जना साथीहरुबाहेक सबैको मन धमिलो हुन थाल्यो । मैले त्यो मनिषबाट छ्ट्कारा पाउने आश गर्दै थीय । जब उसले अरु मिडीयाको साथीहरुसंग हिडेको देख्थ्यो तुरुन्त आपत्कालिन बैँठक बोलाउने गर्दथ्यो , रेडियोका स्टेशन म्यानेजर पनि समाचार प्रमुखकै कुरामा विश्वास गर्ने । हुनत आफु रेडियोमा खासै सयम दिन नसकेकाले पनि जिम्मेवार र अनुभवि ब्यक्तिको कुरामा विश्वास गरेको कुनै गल्ति देख्दिन , कति साथीहरुलाई त अरु मिडीयाको साथीहरुसंग बोलेकै आधारमा निष्काशन गरीयो । हामिलाई पनि पिडा थीयो हामी पनि कतिदिन रेडियोमा रहने । तर हिम्मत गर्थे किनकी प्राविधिक क्षेत्र र कार्यक्रम क्षेत्र दुबै जानेकाले कमजोर महसुस गरीन ।

मैले लेखेको समाचार कहिल्यौ सच्याईएन । कार्यक्रममा पुग्यो किन गईस भने र प्रश्न गर्ने यस्ता प्रस्नले हामीलाई कमजोर बनाउथ्यो , त्योसंग किन बोलिस किन गईस जागीरखान मन छैनर रु यस्ता प्रश्न आउथै , मैले लेखेका कुराहरु कुनै काल्पनिक होईन बास्तबीक हो मैले जे भोगे त्यही लेख्दै छु । मनलाइृ हलुका बनाउने प्रयास गर्दे छु । कार्यक्रमको शिलशिलामा कृर्षिको अन्तरकृया थीयो मलाई पनि बोलाईएको थीयो बाहीर देख्दा रेडीयोमा काम गर्ने अनि गाउँकै भएर पनि मलाई नबोलाउने कुरै भएन । मैले स्टेशन म्यानेजरसंग कुरागरेर कार्यक्रममा पुगे त्यहा एकजना राष्ट्रिय संचार माध्यमा कागर्ने दाजु संग भेटे उहाँले मलाई रिपोर्ट पठाउन भन्नुभयो ।

धेरै खुसी भए रेडियोमा आएर रिपोर्ट बनाउन सुरु गरे समाचार प्रमुखलाई देखाए तर ४ दिन सम्म पनि मेरो रिपोर्टको स्क्रिप्त हेर्न भ्याउदिन भन्नु भयो म थाके । उहाँले मेरो रिपोर्ट जाँच्ने चेष्टा नै नगरेपनि मनमा निरासा छायो त्यतिखेर प्रविधिक साथी दिनेश श्रेष्ठले धेरै गुन लगाएका थीय रिपोर्ट रेकर्ड गर र पठाउ राम्रो भय बज्छ नभए बज्दैन भने । मैले उनको साथमा रिपोर्ट रेकर्ड गरेर पठाय पठाएको तेस्रो दिन अंग्रेजी नयाँबर्षको दिनमा बज्यो सबैले सुनेका रहेछन् । भोली पल्ट दिउँसो समाचार प्रमुखले मलाई बोलाएर सोधे कसलाई सोधेर बनाईस किन पठाईस । मलाई अचम्म लाग्यो पत्रकारको स्वतन्त्रका कुरा गर्नुपर्ने मान्छेले दबाएको देख्दा किनकि उहाँलाई पत्रकारीताको अर्थनै थाहा नभएको जस्तो लाग्यो । त्यको केही समयपछि उहाँको विरुद्धमा रेडियोका साथिहरु लागे । सबै आजित थीय । एक दिन त उहाँले साथी मुस्कानको कार्यक्रम उसंग सोधपुछ नै नगरी अरुलाईनै सम्पनुभयो । गर्नुको पनि हँद हुन्छ नि ।

मुस्कान कार्यक्रम चलाउन भनेर स्टिुडियो तयारी का साथ आवश्यक सामाग्री लिएर जाँदा त अरु कोई कार्यक्रम चलाउन तयार भैसकेछन् । मुस्कान मेरो नजिको मान्छे भएरपनि होला म उसलाई निकै माया गर्थे हाम्रो पारीवारीक मित्रता रहेको र म उसलाई आफ्नै दिदिजस्तो मान्थे । त्यसपछि हामी एक जुट हुन थाल्यौँ मुस्कानलाई रेडियोबाटै निकालेपछि सबै साथीहरु समाचार कक्षका बाहेकले रेडियो सामुहिक रुपमा छाड्ने निर्णय गयौँ तर पछि वार्ता बाट समाधान निस्कियो र मुस्कानको पुन ः पदबहाली भयो । त्यपछि समाचार प्रमुखले बैकल्पिक जाँगीर खोजे हामी धेरै खुसी भयौ रामले रावणाको बध गर्दा अयोध्यामा उत्सव मनाएजस्तो उहाँले रेडियो छाडेको दिन टरुवाको ढिकमा पुगेर साथिहरुबिच रमाईलो गयौँ । उनि म त्यपछि अलि बढी सकृय भए । पत्रकारीताको अर्थ बुझ्दै जान थाले । अझैपनि घँसखोर र तस्करहरुको समाचर लेख्दा कयौँ धम्कि सहनुपरेको छ । विषेष गरी केरुङ्गे खोला । यसले त मेरो मात्र होईन परीवार लाई समेत असर गरेको छ । अनुभव र भोगाई त लेख्न धेरैछन् तर पनि सक्दिन म आज जे छुँ त्यही अन्नपुर्ण समाचारले बनाएको हो । अनि अहिले बुझ्दैछु पत्रकारलाई पनि कारवाही हुन्छ । अझ धेरै कुरा सिक्दै छु । पत्रकारीता क्षेत्रमा केही गर्न सकु जसले समाजमा सकारात्मक प्रभाव परोस ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments