Sunday, December 5, 2021
घरसमाचारगण्डकी प्रदेशको संसद बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने

गण्डकी प्रदेशको संसद बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार गण्डकी प्रदेशको संसद बैठकमा सम्बोधन गर्ने भएका छन् ।

पोखरा विश्वविद्यालयको सिनेटर बैठक र संसदमा पनि सम्बोधन गर्ने गरी प्रधानमन्त्री पोखरा जान लागेका नेकपाले जनाएको छ । तर, प्रधानमन्त्रीले संबोधन गर्ने पदेशसभा बैठक भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने अवरोध गर्ने बताएको छ ।

केन्द्रीय समितिकै निर्णय अनुसार कुनै पनि बैठक सञ्चालन गर्न नदिने कांग्रेस गण्डकी प्रदेशका उपनेता मेखलाल श्रेष्ठले बताउनुभयो । प्रदेशसभा सांसद राजीव पहारीले देशको प्रधानमन्त्रीले प्रदेशको संसदमा सम्बोधन गर्नु एउटा अवसर भएकाले अवरोध नगर्न कांग्रेससँग आग्रह गरेका छन् । प्रदेशसभा सचिवालयले प्रधानमन्त्रीको सम्बोधनबारे निम्तो पठाइसकेको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments