Wednesday, June 16, 2021
घरसमाचारअस्थायी करार कर्मचारी आजबाट काममा फर्किए

अस्थायी करार कर्मचारी आजबाट काममा फर्किए

२ साउन ,काठमान्डौँ । विभिन्न सरकारी कार्यलयमा रहेका अस्थायी, करार र ज्यालादारीमा कार्यरत कर्मचारी आजदेखि पुनः काममा फर्कने भएका छन् । मुलुक संघीय संरचनामा गएसँगै सरकारले अस्थायी कर्मचारीलाई हिजोदेखि लागु हुने गरि हटाउने तयारी गरेको थियो । तर हाजिरी गर्न नपाएका हजारौँ कर्मचारी पुर्नवहालीको माग गर्दै संर्घषमा उत्रिएपछि सरकार आफ्नो निर्णयबाट पछि हटेको हो । सयौँ कर्मचारीले सामान्य प्रशासन मन्त्रालयमा हिजो धर्ना र विरोध गरेका थिए । मुख्य सचिव लोकदर्शन रेग्मीले अस्थायी करार र ज्यालादारीका कर्मचारीलाई असोजसम्म काम गर्न सबै मन्त्रालयका सचिवलाई निर्देशन दिएपछि उनीहरु आजबाट काममा फर्किन लागेका हुन्। काठमाडौंका विभिन्न कार्यलयमा १३ हजार कर्मचारीहरु सवारी चालक, कुचीकार, कार्यलय सहयोगी, र कम्प्युटर अपरेटरका रुपमा कार्यरत छन् ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments