Tuesday, October 26, 2021
घरसमाचारपर्वतमा पहिरोले घर पुरिँदा १ जनाको मृत्यु ३ जना घाइते

पर्वतमा पहिरोले घर पुरिँदा १ जनाको मृत्यु ३ जना घाइते

२ साउन , पर्वत । अविरल वर्षापछि खसेको पहिरोले घर पुरिँदा पर्वतमा १ जनाको मृत्यु भएको छ भने ३ जना गम्भीर घाइते भएका छन्।पर्वत जिल्ला जलजला गाउँपालिका–८ स्थित लस्ती बेरनेतामा पहिरो जाँदा लस्ति बेरनेटाका बमबहादुर परियारका १६ वर्षीय छोरा विकास परियारको मृत्यु भएको पर्वतका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिनुभयो । १ तल्ले कच्ची घरमा पुरिएर उनको मृत्यु भएको जनाईएको छ ।यस्तै हराएका मध्य ५ जना भने सम्पर्कमा आएको प्रमुख जिल्ला अधिकारी ढकालले बताउनुभयो । पहिरोले लस्ती बेरनेताका १६ घर जोखिममा परेका छन् । उता जलजला गाउँपालिका–७, धाइरिङ बास्कोटमा पहिरोले घर पुरिँदा ३ जना घाइते भएका छन् । स्थानीय भीमलाल आचार्यको घर पुरिँदा आचार्यसहित ३ जना गम्भीर घाइते भएका हुन् । घाइतेलार्इ उपचारका लागि धवलागिरी अञ्चल अस्पतालमा पठाइएको छ ।पहिरोग्रस्त क्षेत्रमा प्रहरी परीचालन गरीएको र जोखीममा रहेका घर परिवारका सदस्यहरुलाई सुरक्षित स्थानमा सारेर व्यवस्थापन गर्ने काम भइरहेको प्रमुख जिल्ला अधिकारी ढकालले बताउनुभयो।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments