Wednesday, June 16, 2021
घरसमाचारआगामी रणनीति बनाउन कांग्रेस अान्तरीक छलफलमा

आगामी रणनीति बनाउन कांग्रेस अान्तरीक छलफलमा

काठमाण्डौ। सरकारविरुद्ध आन्दोलनको घोषणा गरेको नेपाली कांग्रेसले आन्तरीक छलफल थालेको छ । बूढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा जारी बैठकमा सरकारविरुद्ध घोषित आन्दोलन र समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको महामन्त्री डा. शशांक कोइरालाले जानकारी दिएका छन् ।

केन्द्र र प्रदेश सरकारका गतिविधिप्रति असहमति राख्दै कांग्रेसले सरकारविरुद्ध चरणबद्ध आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको हो । सभामुख र उपसभामुख फरक–फरक दलको हुनुपर्ने संवैधानिक व्यवस्था कार्यान्व्यन गर्नुपर्ने, डा. गोविन्द केसीका माग सम्वोधन गर्नुपर्ने, निशेधित क्षेत्र तोक्न नहुने लगायतका माग राख्दै कांग्रेसले आन्दोलन घोषणा गरेको हो ।

सरकारले स्वतन्त्र न्यायालयमाथि हस्तक्षेप गरेको, मिडियामाथि अंकुश लगाउने प्रयत्न गरेको साथै संवैधानिक निकायलाई कार्यकारीको छायाँमा राख्ने जस्ता प्रवृत्ति देखाएको कांग्रेस नेताहरुको आरोप छ ।

कांग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाले साउन ३, ५ र ८ गते देशभर विरोध प्रदर्शन गर्ने निर्णय समेत भएको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । प्रमुख विपक्षी कांग्रेसले साउन १५ गते सबै जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गर्नेसहितका सरकार विरुद्धका कार्यक्रमहरु तय गरेको छ । कांग्रेसले आन्दोलनको घोषण गरेतापनि सरकारी पक्षबाट भने केही प्रतिकृया आएको छैन ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments