Sunday, September 26, 2021
घरमनोरञ्जनचलचित्र विकास बोर्डमा दुई अध्यक्ष

चलचित्र विकास बोर्डमा दुई अध्यक्ष

काठमाडौं: लामो समयदेखि अस्थिर रहेको चलचित्र विकास बोर्डमा एकैसाथ दुई अध्यक्ष देखिएका छन् । यो अवस्थाले बोर्डको अस्थिरता झनै बढ्ने देखिएको छ । निर्वाचन आचारसंहिता लागेपछि २०७४ भदौ १४ पछि र नयाँ सरकार गठन हुनुअघिका सबै राजनीतिक नियुक्ति बदर गर्ने केपी ओली नेतृत्वको सरकारको निर्णाय सर्वोच्च अदालतले अन्तरिम आदेश दिएर रोकिदिँदा यस्तो अवस्था आएको हो ।

ओली सरकारले नियुक्ति बदर गर्ने पत्र दिएपछि बोर्डबाट बाहिरिएकी अध्यक्ष निकिता पौडेल अदालत गएकी थिइन् । उनको पक्षमा सर्वोच्च अदालतले सोमबार अन्तरिम आदेश दिएको थियो ।

निकिता बाहिरिएको केही दिनपछि सोमबार मन्त्रिपरिषद् बैठकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव एबम् चलचित्र सेन्सर बोर्डका अध्यक्ष ऋषिराम तिवारीलाई तत्कालका लागि बोर्ड सम्हाल्ने जिम्मेवारी दिने निर्णय गरेको थियो ।

तर उनले जिम्मेवारी सम्हाल्न नपाउँदै निकिताको पक्षमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिएकाले बोर्डमा दुईजना अध्यक्ष देखा परेका हुन् । मंगलबार दिउँसोसम्म निकिता र ऋषिराम दुवैजना पद बहालीका लागि बोर्ड पुगेका छैनन् ।

चलचित्र विकास बोर्डको अध्यक्ष खुल्ला प्रतिष्पर्धाबाट चयन गर्नुपर्ने व्यवस्था छ । यो प्रक्रियाका लागि समय लाग्ने भएकाले तत्कालका लागि ऋषिरामलाई बोर्ड समाल्ने जिम्मेवारी सरकारले दिएको थियो ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments