Tuesday, November 30, 2021
घरBanner Newsनेपाली सेनाले सात अर्बको हतियार किन्दै

नेपाली सेनाले सात अर्बको हतियार किन्दै

काठमाडौं : सरकारले नेपाली सेनाका लागि ६ अर्ब ९० करोड रुपैयाँबराबरको हतियार किन्ने तयारी गरेको छ। चालू आर्थिक वर्षमा नाम नखुलाइएका ६४ सय ९२ थान र एम १६ सिरिजका १० हजार हतियार तथा गोलीगट्ठा खरिदको तयारी सरकारले अघि बढाएको हो । रक्षा मन्त्रालयले प्रधानमन्त्री केपी ओलीलाई २९ असारमा पेस गरेको कार्ययोजनामा हतियार र गोलीगट्ठा खरिद गर्ने उल्लेख गरिएको छ।

रक्षाको प्रतिवेदनअनुसार ‘सैनिक जवानले प्रयोग गर्ने व्यक्तिगत हतियार ६ हजार चार सय ९२ थान’ खरिदका लागि तीन अर्ब ४५ करोड चार लाख रुपैयाँ छुट्याइएको नयाँ पत्रिकामा समाचार छ। यसमा हतियारको मेसिनरी औजार पनि समेटिएको छ। यसैगरी, यो आवमा पुराना हतियारलाई प्रतिस्थापन गर्दै १० हजार थान एम १६ सिरिजका हतियार खरिदका लागि दुई अर्ब १९ करोड ४१ लाख रुपैयाँ बजेट विनियोजन भएको रक्षाको प्रतिवेदनमा उल्लेख छ।

तीन हेलिकोप्टर र जहाज खरिद गरिँदै
असारसम्म दुईवटा एमआइ १७ भी ५ हेलिकोप्टर, एउटा मिडियम भिभिआइपी हेलिकोप्टर, एउटा फिक्स विङ जहाज, दुईवटा ट्रेनर जहाज खरिदका लागि सम्झौता भइसकेको छ। यीमध्ये यो वर्ष एउटा मेडियम भिभिआइपी हेलिकोप्टर (इटालियन), एउटा इन्डोनेसिएन फिक्स्ड विङ जहाज, दुईवटा अमेरिकी ट्रेनर जहाज ल्याइनेछ। दुईवटा रसियन एमआइ१७भी ५ हेलिकोप्टर अर्को वर्ष मात्रै प्राप्त हुने रक्षाको प्रतिवेदनमा उल्लेख छ।

सैनिक सामग्री उत्पादनका लागि ७.६२ एमएम गोली उत्पादनका लागि मेसिन खरिद प्रक्रिया सुरु भएको छ। यसैगरी, डबल बेस प्रोपेलान्ट प्रोडक्सन प्लान्ट किन्ने प्रक्रिया सुरु भएको रक्षा मन्त्रालयले जनाएको छ। सरकारले आगामी असारभित्र राष्ट्रिय सुरक्षा नीति पुनरावलोकन गर्ने, कात्तिकभित्र कार्यदल गठन गर्ने र मस्यौदा तयार गर्ने छ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments