Sunday, October 17, 2021
घरBanner Newsनेपाली खेलाडीलाई टिम इभेन्टसमा स्वर्ण

नेपाली खेलाडीलाई टिम इभेन्टसमा स्वर्ण

काठमाण्डौ, अलगधार संवाददाता । दक्षिण कोरियामा भएको पोहाङ वल्र्ड युनिभर्सिटी तेक्वान्दो च्याम्पियनसिपको पुरुष टिम इभेन्ट्समा नेपाली तेक्वान्दो टोलीले स्वर्ण पदक जितेको छ । अनुप पुजारी, भूपेन्द्र श्रेष्ठ, वीरबहादुर महारा, ज्ञानेन्द्र हमाल र सागर गुभाजु सम्मिलित नेपाली टोलीले शुक्रबार सनसन युनिभर्सिटीको टोलीलाई हराएउदै पहिलो स्थान प्राप्त गरेको हो । यो इभेन्टसमा ६ टोली सहभागि थियो । महिला टोलीले पनि रजत पदक जितेको छ । महिला टोलमिा निशा रावल, संगिता बस्याल, ज्ञानी चुनारा, निमा गुरुङ र अमिस्ता खड्का सहभागी थिए । बाई पाएर फाइनलमा पुगेको नेपाली टोली चिनिया टोलीसँग पराजित भएको थियो । नेपाली टोलीका प्रशिक्षकका रुपमा दक्षिण कोरियामा रहेका दिपक विष्टले एशियन गेम्सका लागी यो प्रतियोगिता महत्वपुर्ण हुने विश्वास ब्यक्त गरे । आगामी महिना इन्डोनेशियामा हुने एशियन गेम्सको तयारीका लागी अहिले नेपाली तेक्वान्दो टोली कोरियामा प्रशिक्षणरत छ । तीन दिने प्रतियोगितामा नेपाली खेलाडीले इन्डिभिजुयलमा ५ रजत र ३ कास्य पदक पनि जितेका थिए ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments