Sunday, September 26, 2021
घरBanner Newsफाइनलमा फ्रान्स

फाइनलमा फ्रान्स

मस्को, एजेन्सी
विश्व कप फुटवल अन्र्तगत मंगलवार राती भएको खेलमा बेल्जियमलाई पराजित गर्दै फ्रान्स फाइनलमा स्थान सुरक्षित गर्न सफल भएको छ । फ्रान्सका लागी खेलको ५१ औं मिनेटमा उम्टिटीले हेड मार्फत गरेको गोल नै निर्णायक बनेको थियो । फ्रान्स विश्व कप फुटवलको फाइनलमा पुगेको यो दोस्रो पटक हो । यस अघि सन् १९९८ मा फाइनलमा स्थान बनाएको फ्रान्सले ब्राजिललाई पराजित गर्दै त्यती बेलाको विश्व कप जितेको थियो । यो पटक फ्रान्सेली टिमका युवा खेलाडीहरुको बाक्लो उपस्थिति छ । जसका कारण पनि फ्रान्सको टिमको बारेमा बढी चर्चा हुने गरेको छ । लिग चरणका खेलहरु देखी नै फ्रान्सको प्रर्दशन उत्कृष्ट रहदै आएको थियो ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments