Wednesday, October 27, 2021
घरBanner News२८ बर्ष पछि इङल्याण्ड सेमिफाइनलमा

२८ बर्ष पछि इङल्याण्ड सेमिफाइनलमा

मस्को, एजेन्सी ।
रसिया विश्व कप फुटवलमा इङल्याण्डको प्रवेशलाई शुरुवातमा त्यती बलियो रुपमा लिइएको थिएन । तर पछिल्ला खेलहरुले इङल्याण्डलाई विश्व कपको बलियो दावेदारका रुपमा प्रस्तुत गरेको छ । शनिवार रातीको क्वाटरफाइनल खेलमा स्वीडेन माथी २–० गोल अन्तरको जीत निकाल्दै इङल्याण्डले सेमिफाइनलको यात्रा तय ग¥यो । यो पटकको विश्व कपमा सेमिफाइनलमा सवै युरोपेली देश मात्रै पुगेका छन् । इङल्याण्डको जीतमा ह्यारी मगुइरे र डेली अलिले गरेको गोल नै निर्णायक बनेको थियो । तुलनात्मक रुपमा स्वीडेनको खेल शनिवार कमजोर देखियो । इङल्याण्डले सन् १९६६ मा विश्व कप जिते यता अर्को पटक उपाधि जित्ने मात्र होइन फाइनलसम्मको यात्रा पनि तय गर्न सकेको छैन । त्यसैले फाइनल यात्रा तय गर्न सके ५२ बर्षको इतिहास तोड्न इङल्याण्ड सफल हुनेछ । इङल्याण्डले २८ बर्ष पछि सेमिफाइनलको यात्रा तय गरेको हो । पछिल्ला बर्षहरुमा इङल्याण्ड या त छनौट चरण नै पार गर्न सकेन या त अघिल्ला चरणका खेलहरुबाट नै घर फर्केको थियो । त्यसैले धेरै खेल विज्ञहरुले पनि यो पटक इङल्याण्डलाई बलियो टिमका रुपमा लिएका थिएनन् । तर रसिया विश्व कपमा इङल्याण्डले सवैलाई चकित पार्दै सेमिफाइनलको यात्रा तय मात्र गरेन विश्व कपको बलियो दावेदार नै बनेको छ । 

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments